सिन्ह्वा न्यूज एजेन्सी
काठमाडौं, २० कात्तिक ।
युआन लोङपिङले उनको टीमसंग मिलेर तेश्रो जेनेरेशन हाइब्रिड धान उत्पादनमा रेकर्ड ब्रेक गरेका छन् । लामो अनुसन्धान र अनुगमनपछि थोरै जग्गामा धेरै धान फलाउने सक्ने प्रविधिबाट पत्ता लागेको हो ।
अन्तिम अनुसन्धानबाट पत्ता लगाएअनुसार जी३–१एसर पी१९ प्रविधि मार्फत धान खेती लगाउदा ६६७ स्क्वार मिटर क्षेत्रफलमा १०४६।३ किलो धान फल्छ । ६६७ स्क्वार मिटर भन्नाले लगभग दुई कठ्ठा जग्गा हो । त्यस्तै १०४६ किलो अर्थात २६ मन हुन आउँछ । यस अर्थले हेर्दा प्रति विगाहा २६० मन फल्छ ।
त्यस्तै ८ विगाहामा २६० मनको दरले प्रति मन एक हजार मूल्य नै आउँदा पनि २०८० मन धानको २० लाख ८० हजार हुन आउँछ । यसको ५० प्रतिशत खर्च हुँदा पनि १२५ दिनमा ८ विगाहा जग्गा हुनेले कम्तीमा १० लाख ४० हजार कमाउन सक्छन् । विज्ञहरुका अनुसार यो धान खेती प्रविधिमा मन पनि धेरै चाहिँदैन । तथापी यसको फेद मजबुत हुने, लामो सलक्क परेको हुनेछ ।
छोटो समयमा बढ्ने
चीन राष्ट्रिय चामल अनुसन्धान आयोगका क्यिान क्यिानका अनुसार तेश्रो जेनेरेशन हाइब्रिड धानको मूख्य विशेषता भनेकै छोटो समयमा धेरै धान फलाउनु हो । क्यिानका अनुसार चीनमा परम्परागत रुपमा धान लगाउदा १६० देखि १८० दिनमा काट्न सकिन्थ्यो । तर, तेश्रो नेजेरेशन हाइब्रिड धान १२५ दिनमै पाक्नेछ । छिटो फस्टाउने हुनाले कीटनाशक र धेरै मलको पनि प्रयोग नहुने र खर्चिलो पनि धेरै नहुने हुँदा किसानकालागि धेरै नै उपलब्धी मुलक हुने जनाइएको छ । अव यो प्रविधि सर्वसाधरणले पनि लगाउन सक्नेछन् ।
सामान्य किसानले पनि यो तरिका प्रयोग गर्न सक्ने पहिलेको २ जेनेरेसनभन्दा यो तेस्रो जेनेरेसन प्रविधि धेरै कुरामा फाइदा जनक मानिएको छ । थोरै पानी, मन नचाहिने हुदा सामान्य किसानले पनि खेती गर्न सक्दछन् ।
हुनन सोसाइटी अफ एग्रोनोमीले चीनको कृषि विज्ञान विज्ञहरुको निर्देशनअनुसार यसको प्रयोग गरेको थियो । अहिले चीनमा चामलको उत्पादनदर ५०० किलोग्राम प्रति ६६७ स्क्वारमिटर (दुई कठ्ठा) छ । सामान्य किसानले ६०० देखि ७०० किलो प्रति दुई कठ्ठामा धान उब्जाउदै आएका छन् ।
तथापि लिको अनुसार राम्रो ख्याल राखे र राम्रो वातावरण भएमा यो तेस्रो जेनेरेसन हाइब्रिड प्रविधिबाट धान लगाउदा ८०० केजी प्रति दुई कठ्ठामा उत्पादन गर्न सकिनेछ । विश्वमा चीनको हिस्सा ९ प्रतिशत मात्र मलिलो माटो छ । तथापी चीनले विश्वको २० प्रतिशत धान उत्पादन गर्दछ ।