ओली–मोदी टेलिफोन वार्ता : कूटनैतिक चाल मात्र

सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नयाँ इस्वी संवत् २०२० को अवसर पारेर भएको शुभकामना आदान–प्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा सीमा विवाद समाधानका कुरा पनि उठेको बताइएको छ ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन सन् २०१९ सफल रहेको र सन् २०२० अझै उचाइमा पु-याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



ओलीले नै हल्का रूपमा लिए सीमा विवादलाई
गत कात्तिक दोस्रो साता भारतले नेपालको कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली र मोदीबीच पहिलोपटक संवाद भएको हो । त्यो पनि सीमा विवाद समाधानको एजेण्डामा नभई शुभकामना आदान–प्रदानको सन्दर्भमा । तर चर्चा भने सीमा विवाद समाधानको लागि लामो छलफल भएको भनिएको छ ।

नयाँ वर्षको दिन मोदीले नेपालका प्रधानमन्त्रीसँग मात्र होइन अधिकांश देशका कार्यकारी प्रमुखसँग फोनमार्फत शुभकामना आदान–प्रदान गरे । सोही क्रममा नेपालका प्रधानमन्त्रीसँग पनि संवाद भएको हो । सोही संवादका क्रममा सीमा विवादका बारेमा पनि वार्ता भयो भन्नु र कूटनीतिक पहल गर्ने सहमति भयो भन्नु हास्यास्पद् हो ।

कहाँ पुग्यो कूटनीतिक पहल ?
सार्वभौमसत्ता सम्पन्न देशका कार्यकारी प्रमुखको नाताले ओलीले सीमा विवाद उत्पन्न हुनासाथ मोदीसँग टेलिफोन वार्ता गरी समाधानको पहल गर्नुपथ्र्याे । तर यो एजेण्डामा ओलीले आजको दिनसम्म पनि कुरा उठाउन सकेका छैनन् । परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गरिएको बताइए पनि त्यो समस्या समाधानउन्मुख देखिंदैन । मोदीले चासो नदिएसम्म सीमा विवाद समाधान हुनै सक्दैन । तर मोदीसम्म सीमा समस्याको विषय र यस्ता दुई देशका सीमावासीमा परेको असरका बारेमा कसैले पनि ठोस रूपमा कुरा पुर्याउन सकेको देखिंदैन ।

नेपालमा नयाँ संविधान जारी भएसँगै रुष्ट भएको भारतले नाकाबन्दी गर्दा राष्ट्रियताको अडान देखाएका ओलीले सीमा विवादमा मौनता साँद्नुलाई सत्ता मोहको रूपमा अथ्र्याउन सकिन्छ । भारत रुष्ट बन्ने डरले नै सीमा विवादमा समाधानमा ओली अग्रसर हुन नसकेको जानकार बताउछन् ।

सम्बन्धित समाचार