परमाणु शक्ति भएपनि किन ढुङ्गामुढाले युद्ध गर्छन् चीन-भारत ?

भारत र चीनका सैनिकबीचमा पूर्वी लद्दाखको गलावान घाँटीमा हिंसात्मक झडप भएको छ । जसका कारण दुबै देशमा गम्भीर क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । मंगलवार भएको झडपमा २० भारतीय सैनिक र ४३ चिनियाँ सैनिकको मृत्यु भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिंसात्मक झडपमा सीमामा गोली नचलेको बताइएको छ । झडपमा ढुङ्गामुढा र रडको प्रयोग भएको बताइएको छ । तर यो समयमा किन गोली वा परमाणु हतियारको प्रयोग भएन भन्ने खुल्दुली तपाईलाई पनि लाग्न सक्छ ।



आज हामी त्यसको बारेमा तपाईलाई जानकारी दिँदैछौँ ।

परमाणु हतियार भए पनि किन ढुङ्गामुढाको प्रयोग हुन्छ ?

सन् १९७५ मा एलएसी मा अन्तिम पटक चीन र भारतका सैनिकबीचको झडपमा ४ भारतीय सैनिकको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमहरुले बताए अनुसार दुबै देशबीचमा सन् १९७५ को केहि वर्ष पछि नै सीमामा रहेको अग्रिम चौकी र तैनाथ सैनिकहरुले हतियार राख्न पाईदैन ।

यदि कोहिसँग बन्दुक छ भने पनि त्यसको प्रयोग गर्न पाईदैन । त्यही नियम भारत र चीनका सैनिकले पालना गरेका छन् । त्यसपछि पनि चीन र भारतकोबीचमा सन् १९९३ मा भारतका प्रधानमन्त्री नरसिम्हा राव हुँदा मेनटेनेन्स अफ पीस एण्ड ट्र्यांक्विलिटी सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसपछि सन् १९९६ मा दुबै देशको बीचमा विश्वास बढाउने उपायमा हस्ताक्षर भएको थियो ।सन् २००३ मा भाजपा सरकार र सन् २,००५ मा कांग्रेस सरकारको तर्फबाटचीनसँग सम्झौता भएको थियो । त्यसपछि सन् २०१३ मा बोर्डर डिफेन्स कोअप्रेशन एग्रीमेन्ट भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको यात्रा गर्दा पनि दुबै देशकोबीचमा भएको तनावलाई समाधान गर्ने कुरा भएको थियो ।

तर केहि महिना यता भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा दुबै देशबीचमा तनावपूर्ण अवस्थाको सिर्जना भएको छ ।

सम्बन्धित समाचार