कोरोना भाइरस उपचार : कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ ?

कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर ‘होर्सशू क्र्याब’ भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ । विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु हो ।

‘होर्सशू क्र्याब’ विश्वको पुरानो जीवमध्ये एउटा हो । यो डाइनसोरभन्दा पहिलेदेखि अस्तित्वमा रहेको र ४५ करोड वर्ष पुरानो मानिन्छ । खोप सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न तिनको रगत प्रयोग गरिन्छ । उक्त सामुद्रिक गँगटोको रगत विश्वकै सबैभन्दा महँगो तरल पदार्थ हो । यसको एक लिटर रगत १५,००० डलरसम्ममा विक्री हुन्छ ।



अहिले विश्वभरि अनुसन्धानकर्ताहरूका झन्डै २०० वटा समूह खोप निर्माणको काममा जुटेका छन् । तीमध्ये १८ वटा खोपको मानव परीक्षण भइरहेको छ । अधिकांश विज्ञहरू सन् २०२१ को मध्यतिरबाट खोप प्रयोगका लागि उपलब्ध हुने अपेक्षामा छन् ।

सम्बन्धित समाचार