नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
अहिले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना कहर अगाडि ७६-७७ हजारको हाराहारीमा रहेको सुनको मूल्य एक लाख नाघेको छ । एकाएक मूल्य वृद्धि हुँदा यसले व्यवसायलाई कस्तो असर पारिरहेको छ ? अर्थतन्त्रको बलियो आधारका रूपमा लिइने सुनचाँदी गहना उद्योगमा कोरोनाले पारेको प्रभाव र मूल्य वृद्धिको सेरोफेरोमा रहेर राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीसँग नवकान्तिपुर डटकमका लागि महेश कठायतले गरेको कुराकानीको संम्पादित अंश :
सुनको मूल्यपछिल्लो समय एक लाख नाघिसकेको छ, यसरी सुनको मूल्य बढ्नु कारण के हो?
सर्सती हेर्दा सुनको मूल्य बढ्नुको कारण कोरोना भाइरसलाई देखाइन्छ, तर यति मात्र नभएर सुनको मूल्यमा असर गर्ने अन्य थुप्रै कुराहरूपनि छन् । विश्वको अर्थतन्त्रमा आउने उतारचढाव र लगानीका लागि सुनलाई भरपर्दो माध्यमका रूपमा लिइनुले पनि सुनको मूल्यलाई बेला बेलामा तलमाथि पारिरहेको हुन्छ । अहिले भइरहेको पनि यही हो । जब विश्वको अर्थतन्त्रमा नराम्रो असर प¥यो, कोरोनाका कारणले विश्वका शक्ति राष्ट्रहरूका ठूलाठूला उद्योगहरू धराशयी बन्ने अवस्थामा पुगे र ठूला व्यवसायीहरूले आफ्नो लगानीको सुरक्षित गन्तव्यका रूपमा बहुमूल्य धातुहरूलाई रोज्न पुगे, यसको प्रत्यक्ष असरबाट नेपाल पनि अछुतो रहन सकेन र अहिले नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकाशिंदै गईरहेको छ ।
कोरोनाका कारण अस्वस्थ बनेको व्यापारिक क्षेत्रहरूले आफ्नो उत्पादनलाई घटाइरहेका छन् भने बैंकिङ क्षेत्रले ब्याज घटाइरहेको अवस्था छ । यसबाट व्यापारिहरू आफ्नो लगानीलाई सुन, चाँदी जस्ता बहुमूल्य धातुहरूमा केन्द्रित गराईरहेको अवस्था छ । सीमित व्यक्तिहरूले ठूलो मात्रामा सुनलाई सञ्चित गरेर राखिदिँदा बजारमा सुनको अभाव सिर्जना भएको कारणले पनि सुनको मूल्य उकालो लागेको हो ।
त्यसो भए सुनको मूल्य ओरालो लाग्ने सम्भावना कत्तिको छ ?
सुनको मूल्यवृद्धिको आकडाँलाई हेर्दा यसको मूल्य तत्काल ओरालो लाग्ने संकेत कहीँ कतैबाट देखिदैन । अब यही अनुपातलाई हेर्दा सुनको मूल्य अझै बढ्ने देखिन्छ । अमेरिकाको फेडर रिर्जभ बैंकले बैंकमा सुन राख्दा अहिले उल्टै ग्राहकसँग ब्याज लिन थालेको छ । बैंकले ग्राहकहरूसँग निक्षेप लिँदा पनि उल्टै शुल्क लिन थाल्यो । ब्याज दिनुको साटो शुल्क लिन थालेपछि सुन खरिद गर्नु र संञ्चित गर्नुको अर्को विकल्प व्यवसायीहरूसँग रहेन, जसका कारण सुनको मूल्य दिनप्रतिदिन बढ्न पुगेको हो र यो अवस्था निक्कै लामोसमयसम्म चल्ने स्पष्ट छ । यो ओरालो लागेको अर्थतन्त्र पहिलेकै अवस्थामा आउनका लागि धेरै नै समय लाग्छ, त्यसैले यही अनुपातमा सुनको मूल्य बढ्दै गयो भने सुनको भाउ नेपाली बजारमा डेढ लाखदेखि दुई लाखसम्म पुग्न सक्छ ।विश्व बजारका ठूला बैंकहरू नै एककिसिमले पब्लिकको पैसा राख्न नसक्ने र ब्याज दिन नसक्ने अवस्थामा पुगिसकेको अवस्थामा हामी सुनको मूल्य घट्ला भनेर अपेक्षा गर्न सक्दैनौं । यदि सुनको मूल्य ओरालो लागि हाल्यो भने पनि पहिलेको अवस्थामा पुग्न सक्दैन ।
भनिन्छ, तीज पर्व सुनचाँदी व्यवसायका लागि ‘सिजन’ हो । फेरि यहीबेला सुनको मूल्य बढ्दा कारोबारमा कस्तो असर परेको छ ?
अवश्य पनि परेको छ ।यहाँले महत्वपूर्ण प्रश्न गर्नु भयो । गरगहना व्यापारको मुख्य ‘सिजन’ भनेकै चाडपर्व हो । विशेषतः हिन्दु नारीहरूको महान् पर्वतीजसँगै चाडपर्वहरूको पनि सुरूवात हुन्छ । विशेषतः गरगहना भनेको श्रृङ्गारका लागि प्रयोग हुने र महिलाहरूको पर्व तीजमा नयाँ नयाँ डिजाइनका गरगहनाहरूको प्रयोग बढी हुने गर्दछ । त्यसैले पनि यो पर्वलाई विशेषत हाम्रो व्यवसायका लागि एउटा अवसर वा भनौं ‘सिजन’को रूपमा लिने गरिन्छ । तर, विगतको तुलनामा यो वर्ष अवस्था सन्तोषजनसम्म पनि छैन । सामान्यतयाः विगतका वर्षहरूमा एउटा व्यवसायीले दैनिक ७देखि १० तोलासम्मको कारोबार गर्दथे भने अहिले दैनिक १ तोलाको कारोबार गर्न पनि मुस्किल छ । सुनको मूल्यमा उचार, तढाव भइरहने हुँदा उपभोक्ताहरूमा पनि सुनको मूल्य एक दिन अवश्य घट्छ अनि किनांैला भन्ने सोच आउँछ ।यही कारण अहिलेसुनका गरगहनाको कारोबारमा भने निक्कै गिरावट आएको छ । अहिले व्यवसायी र व्यवसाय दुबैका लागि निराशाजनक अवस्था हो ।
सुनको मूल्य बढ्दा पनि व्यवसायीहरूचाहिँ किन निराशा त?
व्यवसायीहरू उत्साही हुनको लागि त कारोबार हुनु प¥यो नि ! कारोबार नै नभए पछि कसरी उत्साह आउँछ ?बढेको सुनको मूल्यको सूची पसलमा टाँसेर बस्दैमा हामीलाई उत्साह आउने होइन । हामीलाई त जति कारोबार भयो, उति राम्रो हो तर, अहिले त्यो अवस्था छैन । कारोबार शून्य छ । अहिले उपभोक्ताहरूमा सुनको गरगहना खरिद गर्ने भन्दा पनि सुन विक्री गर्ने होड बढी छ । जुन व्यवसायहरूका लागि दुःखद् कुरा हो । हामीले बढेको मूल्यमा सुन खरिद मात्र गरेर के गर्ने ? कारोबार नै नभए पछि । आम मानिसहरूको धारणा के हुन्छ भने सुनको मूल्य बढेपछि सुन व्यवसायीहरू मालमाल हुन्छन्, सुन व्यवसायमा लगानी गर्नेहरूका दिन आए । तर, आम मानिसहरूको धारणाभन्दा यसको भित्री पाटो ठीक उल्टो छ । जब सुनको मूल्य बढ्छ, कारोबार घट्छ । हामीलाई त कारोबार गर्दा फाइदा हुने हो नि ! सुनको मूल्य बढ्नु र घट्नु त एक स्वाभाविक प्रक्रिया हो । यसले व्यवसायलाई ठोस फाइदा प्रदान गर्दैन । व्यवसायिक हितका लागि त कारोबार नै महत्वपूर्ण हो । त्यसैले सुनको मूल्य यो हिसाबले बढ्नु व्यवसायीका लागि उत्साहभन्दा निराशाजनक छ ।
पछिल्लो समयमा कोरोना भाइरसका कारण सुनचाँदी व्यवसायलाई कस्तो असर प-र्यो ?
अन्य व्यापार, व्यवसायहरूलाई जस्तै स्वाभाविक रूपमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको असरबाट सुनचाँदी व्यवसाय सुरक्षित रहने कुरै भएन । अझ अन्य व्यवसायको तुलनामा यो व्यवसायलाई ठूलो क्षति पुगेको छ । सुनचाँदी व्यवसाय भनेको करोड लगानी गरेर हजार कमाउने व्यवसाय हो । यसमा कच्चा पदार्थको लगानीको मात्र कुरा हुँदैन । सुन पसलको डेकोरेशन, कालिगढ, भाडा त्यही अनुसार बढी हुन्छ । चार÷चार महिनासम्म व्यवसाय ठप्प हुँदा यसले व्यवसायीहरूलाई निक्कै ठूलो असर पु¥याएको छ । यसलाई सन्तुलनमा ल्याउन धेरै नै कठिन छ । सुन भनेको सुखको साथी हो । यो खुशीयालीको क्षणमा प्रयोग गरिने कुरा पनि भएकोले अहिले विश्व नै कोरोना कहरबाट एक खालको पीडामा छट्पट्याइरहेको छ । त्यसैले पनि गरगरहनाको प्रयोग यो समयमा शून्य जस्तै भयो । अहिले सुनको गरगहना खरिद गर्नेभन्दा पनि विक्री गर्ने उपभोक्ताहरू धेरै भए । अहिले आफ्नो दैनिकी चलाउनका लागि पनि गरगहनाहरू बेच्नु पर्ने बाध्यता धेरैलाई छ । हामीले पनि यो अवस्था बुझेर सुनको विक्री नभइरहेको बेलामा पनि आफ्ना ग्राहकहरूको आवश्यकतालाई बुझेर पुराना गहनाहरू खरिद गर्नु पर्ने बाध्यता छ । समग्रमा सुनचाँदी व्यवसायलाई कोरोनाका कारण नकारात्मक असर नै परेको छ ।
मञ्चमा आबद्ध व्यवसायीहरूलाई यो विषम परिस्थितिमा मञ्चको तर्फबाट कस्तो सहयोग गर्नु भयो ?
कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले गरेको पहल र प्रयासमा व्यवसायी मञ्चका तर्फबाट पनि हातेमालो गर्ने उदेश्यसहित हामीले गत वैशाखमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यौं । रेडक्रस सोसाइटीको विशेष सहयोगमा गरेको रक्तदान कार्यक्रमबाट कोरोनाको कहरमा अस्पतालरूमा रगतको अभाव केही हदसम्म टार्न सहयोग पुग्यो । त्यस्तै हामीले हाम्रो व्यवसायसँग सम्बन्धित कालिगढ, विभिन्न क्षेत्रमा रहेर काम गर्ने मजदुरहरूका लागि मञ्चका तर्फबाट विशेष राहत प्याकेज ल्याएर ६ सय भन्दा बढी परिवारलाई खाद्यन्न तथा स्वास्थ्य सामग्रीहरू वितरण ग¥यौं । त्यस्तै अहिले सुनको मूल्य बढिरहँदा व्यवसायमा थप शान्ति सुरक्षाको आवश्यकता महसुस गर्दै विशेष शान्ति सुरक्षाका लागि गृह प्रशासनलाई ध्यानकर्षण गर्ने काम पनि मञ्चले ग-यो ।
मञ्चका गतिविधिहरू बारे बताइदिनुहोस् न !
मञ्चका तर्फबाटस्थापनाकालदेखि नै व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेका छौं । कोरोना कहर अगाडि हामी निरन्तररूपमा शाखा विस्तार गर्दै आइरहेका थियौं ।आम व्यवसायलाई मर्यादाभित्र रहेर चुस्त दुरूस्त कसरी बनाउने ? व्यवसायका मापदण्ड के हुन् ?भन्ने विषयमा व्यवसायीहरूलाई प्रशिक्षण कार्यक्रम गराउदै आईरहेका छौं । व्यवसायीहरूलाई कर सम्बन्धि प्रशिक्षण, शान्ति सुरक्षासँग सम्बन्धित सुरक्षा प्रमुखहरूलाई उपस्थित गराएर शान्ति सुरक्षा सम्बन्धि तालिम, गोष्ठीहरूसंचालन ग¥यौं ।कोरोनाको कहरका कारण अहिले यी कार्यक्रमहरूलाई गति दिन सकिरहेका छैनौं ।हामीले राज्यको निकायले दिएको निर्देशन पालना गर्नु पर्छ । प्रशासनबाट अहिले जमघट नगर्न, भीडभाड नगर्न आदेश भएको छ, तथापि हामीले अनलाइनको माध्यमबाट व्यवसायीहरूका समस्याहरू माथि छलफल गर्ने कार्य भने गर्दै आईरहेका छौं । जुन कार्यक्रमहरू एकदमै प्रभावकारी पनि भएको हामीले प्रत्यक्ष अनुभूति गर्न पाएका छौं । हिजोको दिनमा चोरी डकैती हुन्थे, व्यवासायीहरूलाई नराम्रा खालका आरोपहरू लाग्ने गर्दथे । ती आरोपहरूका विरूद्धमा व्यवसायीहरू खुलेर अगाडि आउन सक्तैनथे । तर मञ्चमा आवद्ध भइसकेपछि हामीले व्यवसायीहरूका समस्याहरूलाई व्यक्तिगत रूपमा होइन कि संस्थागत रूपमा वा समूहगत रूपमा चिरफार गर्ने अभियान नै चलायौं जसका कारण आज यी यस्ता मसिना समस्याहरू व्यवसायीहरूले भोग्नु परेको छैन ।
त्यस्तै मञ्चले आफ्नो सेवालाई देशव्यापी बनाउने लक्ष्य लिएर अघि बढेको छ । अहिलेराष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले धरान जिल्ला शाखा, झापा जिल्ला शाखा, ललितपुर शाखा गठन गरिसकेको छ भने अब तत्काल दाङ जिल्ला शाखा गठन गर्ने तयारीमा लागि परेको छ । यसरी ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने र देशभरका व्यवसायीहरूलाई गोलबन्द गर्ने उदेश्यसहित मञ्च अगाडि बढेको छ ।
अलिकति प्रसंग बदलौ, अहिले मौलिक गहनाको माग कस्तो छ ?
भनिन्छ नि बाह्र वर्षपछि खोला पनि फर्किन्छ भनेर, हो नेपाली मौलिक गहनाहरूको माग अहिले त्यस्तै भएको छ । अहिले मौलिक गहनाहरूको माग अत्याधिक छ । कोरोना कहर अघिको कुरा गर्ने हो भने दैनिक व्यापार हुने गरगहनामा ८० प्रतिशत व्यापार मौलिक गहनाहरूकै हुने गर्दथ्यो । पछिल्लो समयमा नेपाली मौलिक गहनाहरू तिलहरी, मारवाडी, जन्तर, चन्द्रमाको माग अत्याधिक छ । विश्वमा जहाँ जहाँ नेपालीहरू धेरै बसेका छन् त्यहाँ त्यहाँबाट नेपाली मौलिक गहनाहरूको राम्रो माग आउँछ । मेरो व्यक्तिगत अनुभव सुनाउँ ः मैले आफैले अमेरिका, दुबई, मलेसिया, हङकङबाट गहनाको अर्डर लिएर काम गरेको छु । मौलिक गहनाकै कारण आज नेपाली गहना उद्योगले अन्तर्राष्ट्रियस्तरमा पुग्न सकेको छ । यसमा थप सरकारी सहयोग हुने हो भने अझ नेपाली मौलिक गहनालाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिने थियो । तर नेपाल सरकारले गरगहना निर्यातको लागि कानुनी व्यवस्था गर्न सकेको छैन । यदि सरकारले गरगहना निर्यातका लागि विशेष कानुनको व्यवस्था गर्ने, भन्सारमा विशेष छुटको व्यवस्था गर्ने र कच्चा पदार्थको उपलब्धतामा विशेष ध्यान दिने हो भने नेपाली मौलिक गहनाहरूले अझ राम्रो बजार लिने थियो भन्ने लाग्छ ।
कोरोनाकै कारण अहिले अधिकांश कालिगढहरू यस क्षेत्रबाट बाहिरिए भन्ने पनि सुन्नमा आएको थियो । अहिले कालिगढकोे अवस्था कस्तो छ ?
हो, सुनचाँदी व्यवसाय विदेशी कालिगढहरूमा बढी निर्भर भएको कुरा त सबैलाई विदितै छ । यो विषयमा बेला बेलामा चर्चा, परिचर्चा पनि हुदै आएको हो । पछिल्लो समयमा कोरोना कहरका कारण धेरै विदेशी कालिगढहरू आ–आफ्नो देश गए, जसका कारण झण्डै व्यवसाय नै धराशयी हुने अवस्था आयो । तर, अहिले सुनको गहनाको माग धेरै नभएका कारण सीमित कालिगढहरूले पनि व्यवसाय धानेका छन् । कालिगढहरू बाहिरिँदा व्यवसायलाई एक खालको अप्ठ्यारो अवस्था सिर्जना त भयो नै, तर यसले व्यवसायीहरूलाई पनि पाठ सिकाएको छ । जस्तो कि हाम्रा नेपाली दाजुभाइहरू विदेशी भूमिमा गएर पसिना बगाउने अनि आफ्नै देशमा यति धेरै सम्भावना बोकेको पेशा, व्यवसाय विदेशी मजदुरहरूको भरमा चल्नु पर्ने यो बाध्यात्मक परिस्थितिको अन्त्य हुने पर्छ । यसबारे पनि मञ्चले सोच बनाउँदै छ । नेपालमा गरगहना निर्माणका लागि प्रशिक्षण केन्द्रको स्थापना गर्ने र स्वदेशी कालिगढहरू तयार गर्ने कुराअहिलेको परिस्थितिले सिकाएको छ । यसका विषयमा पनि मञ्चले विशेष अवधारणासहित अगाडि बढ्ने लक्ष्य लिइएको छ ।