कोरोना विशेषज्ञ भन्छन्– ‘मास्क लगाउनु धेरै खतरनाक छ’

स्वीडेनका चर्चित कोरोना भाइरस विशेषज्ञले मानिसहरुलाई मास्क लगाउन प्रात्साहन गर्नु धेरै नै खतरनाक हुने बताएका छन् । उनका अनुसार मास्कले मानिसहरुमा आफू सुरक्षित रहेको छु भन्ने गलत विश्वास पैदा गराउने हुँदा कोरोनाको संक्रमण झन बढी हुने गर्छ ।

सरुवा रोग विशेषज्ञ एन्डर्स टेन्गेलले भने, ‘मुखमा मास्क लगाउदा त्यसले खेल नै परिवर्तन गर्छ भन्ने विश्वास गर्नु धेरै नै खतरनाक हुन्छ । यदि हामी कोभिड १९ को सन्दर्भमा यो मान्यता राख्छौँ  ।’ टेन्गेल तिनै विशेषज्ञ हुन् जसले अरुको भन्दा भिन्न ढंगले निर्णय गरेका कारण स्वीडेनले अपेक्षित आर्थिक र मानविय क्षति बेहोर्नु परेन । उनी शुरु देखि नै लकडाउन र मास्कको प्रयोग अनिवार्य गर्ने विश्वका अन्य मुलुकहरुको निति र निर्देशनको विपक्षमा छन् । त्यसैले उनी भन्छन्–मास्क त्यो बेला थप सहयोगी हुन सक्छ यदि अरु सबैकुरा ठिकठाक र सुरक्षित छ भने मात्र ।



‘मास्क लगाएर आफू सुरक्षित छु भन्ने ठान्नु र भिडभाड, सार्वजनिक बस तथा सपिङ मलहरुमा जानु वास्तवमै ठुलो गल्ती हुनेछ ।’ उनी भनछन् । अघिल्लो महिना उनले स्वीडेनमा सार्वजनिक यातायात प्रयोग गर्दा मास्क लगाउनु कुनै तुकको काम नभएको बताएका थिए । त्यसबेला नै त्यहाँ संक्रमितको संख्या निकै तल झरिसकेको थियो । जहाँ अहिले जोखिममा रहेको संक्रमितको संख्या लगभग शुन्यमा झरेको अवस्था छ ।

मास्कका बारेमा आशंका व्यक्त गर्दै उनी भनछन्, ‘मुखमा मास्क लगाएर यसको संक्रमण कम भएको कुनै तंथ्याक छैन तथापी संसारभरका मानिसहरु मास्क लगाइरहेका छन् ।’ स्पेन र बेल्जीयममा मास्क अनिवार्य गरिएको भएपनि त्यहाँ संक्रमितको संख्या दिनदिनै बढीरहेको उदाहरण पेश गर्दै उनले भनेका छन्, ‘मलाई ताजुब लाग्छ, मास्कको प्रभावबारे अहिलेसम्म कुनै ठोस अध्ययन भएकै छैन । न त त्यसले संक्रमण कम गराएको नै प्रमाणित भएको छ ।’

हुन पनि स्वीडेन त्यो मुलुक हो जहाँ कहिल्य लकडाउन गरिएन । न त मास्क लगाउन नै अनिवार्य गरियो । तर, त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनप्रतिदिन घट्दो अवस्थामा छ । लगभग दैनिक मृत्यु हुनेको संख्या शुन्यमा झरिसकेको छ ।

तथ्याकंले के देखाएको छ भने स्वीडेनमा युरोप कै अन्य मुलुकहरु जस्तै स्पेन, बेलायत, इटालीको भन्दा कोरोनाबाट भएको मृत्युदर एकदमै कम छ । जबकी ती देशहरुमा कडा लकडाउन जारी गरिएको थियो । त्यति मात्र होइन कोरोनाका कारण चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा स्वीडेनको जिडिपि ८।६ प्रतिशतले मात्र झरेको देखिएको छ । सोहि अवधिमा युरोजोन अन्र्तगतका अन्य मुलुकहरुको जिडिपिमा भने औषतमा १२।१ प्रतिशतले गिरावट आएको छ ।

स्पेनमा १८।५ प्रतिशतको गिरावट देखा पर्दा फ्रान्समा १३।६ प्रतिशत जिडिपि गुमाएको देखिएको छ । दोस्रो त्रेमासमा जिडिपिमा कमि आएका अन्य मुलुकहरुमा इटाली र जर्मनी पनि छन् । जसमा क्रमशः १२।४ र १०।१ प्रतिशतले जिडिपिमा कमि आएको देखिन्छ ।

सम्बन्धित समाचार