प्रकाश पौड्याल
काठमाडौं, १८ वैशाख ।
पूर्वी क्षितिजमा उषाको लालीमा पोतिएको हुनुपर्छ तथा बाँसको झाँङ्ग र रूखका हाँगामा बसेका चराहरू चिरबिरचिरबिर गर्दै दुनियाँलाई उज्यालो हुनलागेको सङ्केत दिँदै गरेको समय हुनुपर्छ । विनय व्युँझेर पनि अल्छीमान्दै सुतिरहेको थियो । यत्तिकैमा कोठाको ढोका घरक्क उघ्रियो र तुरून्तै बन्द भयो । छेस्किनी पनि लाग्यो । उसले आँखा चिम्लेकै अवस्थामा सबै गतिविधिलाई महसुस गरिरह्यो ।
अनि–
उसले ब्ल्याङ्केटबाट मुन्टो बाहिर ननिकाली सोच्यो– ‘सुमिनालाई आज सन्चो भएन छ क्यार । नत्र उनी बिहानको नित्यकर्म सकेर ७ बजेतिर हातमा कालो चियाको कप बोकेर कोठामा आउँथिन् । आज अचानक किन आइन् ? उनलाई साँच्चै गाह्रो नै भयो कि के हो !’
ऊ यस्तै जिज्ञासाभित्र रूमलिँदै थियो, त्यही बेला उनी आक्रमक ढङ्गले उसले ओढिरहेको ब्ल्याङ्केटभित्र पसिन् र एक्कासि उसैमाथि एकाकार हुन पुगिन् । अनि मात्र उसलाई थाहा पायो– उनी सुमिना होइनरहिछिन् भनेर । हो, उनी उसकी धर्मपत्नी सुमिना होइन, नव–यौवना स्नेहा थिइन् । उनले भर्खरै नुहाएको हुनुपर्छ, उनको केशराशि अझै चिसो र भिजेकै अवस्थामा थियो । स्नेहाको केशबाट सेम्पुको मीठो सुगन्ध मगमगाइरहेको थियो । भिजेको केशराशिले गर्दा उनले लगाएको गाउनको माथिल्लो भाग पनि चिसै भएको उसलाई महसुस भयो । स्नेहा आकस्मिक रूपमा आफ्नो छाती उसको छातीमा जोतेर एकाकार हुन पुगेकी थिइन् । यस आकस्मिक घटनाले ऊ रनभुल्लमा पर्यो । एक मनले त उसलाई यो सपनाकै कुनै भाग त होइन भनेझैँ लाग्यो तर त्यो सपना थिएन, यथार्थ घटना थियो । हो, यसलाई घटना नै भन्न मन लाग्यो उसलाई । तर, सामान्य अवस्थामा लगाउने अनुमानभन्दा पृथक थियो यो घटना । उसले केही बोल्नलाई मुख खोल्न मात्र लागेको के थियो, दबेको आवाजमा स्नेहा कानकै नजिक फुसफुसाइन् ‘दादा, अन्यथा नमान्नु होला । आज मेरो शरीरमा आगो लागेको छ, त्यसैले म दमकल खोजी गर्दै हजुरकोमा आइपुगें । प्लिज…’
स्नेहा २०–२१ वर्षकी सुन्दरी हुन् । सलक्क परेको शरीर, गोरो वर्ण, लामो केशराशि, मिलेको र हँसिलो मुखमण्डल, पुष्ट वक्षस्थल, छिनेको कम्मर उनका शारीरिक विशेषताहरू थिए । जस्तो लुगा लगाए पनि चट्ट सुहाउने आकर्षक व्यक्तित्वकी धनी थिइन् उनी । उनले हल्का मेकअप गरेर बाटोमा निस्कँदा उनको सौन्दर्यलाई एकपल्ट ननियाल्ने कोही हुँदैनथ्यो । पुरूष पात्रहरूको त के कुरा, नारी पात्रकै लागि पनि उनी ईष्र्या र चर्चाको विषय थिइन् । यस्ती स्वप्न–सुन्दरी स्नेहा केही समयदेखि उसका निवासमा आश्रय लिएर बसेकी थिइन् । उनी रेडक्रसको एउटा प्रशिक्षणमा सहभागी हुने सिलसिलामा त्यहाँ आएकी थिइन् । उसको घर प्रशिक्षण केन्द्रबाट पायक पर्ने ठाउँमा भएकोले उनी त्यहाँ बसेकी थिइन् र अरू केही समय उनी उसकै निवासमा बस्ने योजनामा थिइन् ।
नव–यौवना विनयकोे केही टाढाको साइनोमा बहिनी पर्थिन् । गाउँघरमा मुखबोलाऊ साइनोमा पनि एउटा विश्वास बाँचेको हुन्छ र यस्तै विश्वासको भरमा गाउँ–समाज चलेको हुन्छ । यस अर्थमा स्नेहा र विनय दाजु बहिनीको एउटा भावनात्मक डोरीले बाँधिएका थिए । त्यसैले, स्नेहा अरूका दृष्टिमा स्वर्गकी परी नै भए पनि विनयका लागि डायबिटिज भएको विमारीका अगाडिको मिठाईको प्याकेट जस्तै थिइन् । फेरि, आफ्ना चेली–बेटी जति सुन्दर भए पनि उनीहरूलाई यौनिक दृष्टिले हेरिनु हुन्न भन्ने पूर्वीय दर्शन र परम्पराबाट पनि ऊ सिंचित थियो । नैतिकताका दृष्टिले पूर्वीय संस्कार धेरै परिस्कृत छ, यसको गरिमालाई बचाउन नसक्नु अर्को कुरा हो; यस्तै लाग्थ्यो उसलाई ।
स्नेहा उसकी वास्तविक बहिनी थिइनन् तर उसले बहिनीकै तहमा राखेर हेरेकोले उनी उसकोे निवासमा लामो समयसम्म बस्ता पनि उसले स्नेहालाई कहिल्यै यौनिक दृष्टिले हेरेन र कुनै बेला यस्तो सङ्कटपूर्ण अवस्था आउला भनेर पनि सोचेन । तर आज कल्पनातीत घटना हुँदै थियो । अचानक स्नेहाको शरीरभित्र यौनको प्रचण्ड ज्वाला दन्किएपछि त्यसको समनको लागि उनी उसको बेडरूमसम्म पुगेकी थिइन् । उनको आगोको रापले उसलाई पनि क्रमशः प्रभावित पार्दै थियो । विनयको चेतना र भावनाका बीच अन्तद्र्वन्द्व चल्दै थियो ।
‘दादा, हजुर किन सङ्कोच मानिरहनु भएको छ ? हजुर कसैको घर जलिरहेको देखेर– त्यो कस्को घर हो ? कुन जातको हो ? उसको राजनैतिक आस्था कता होला ? आदि–इत्यादि प्रश्नहरूको निरूपण गरेर मात्र आगो निभाउन अग्रसर हुनुहुन्छ कि एउटा मानवीय कर्तव्य ठानेर पहिले आगो निभाउने प्रयास गर्नु हुन्छ ?’ आफ्नो अनियन्त्रित सासलाई नियन्त्रित गर्दै स्नेहाले एउटा बौद्धिक तर्क प्रस्तुत गरिन् । स्नेहाका छातीका चुच्चाहरूले उसको छातीमा झन् बढी मानसिक दवाव दिइरहेका थिए । आफ्ना सुकोमल औँलाहरूले उसलाई कुत्कुत्याउँदै स्नेहाले आफ्नो आशयलाई प्रष्ट पारिन् ‘दादा म जलिरहेछु, हजुर कुवा खन्ने साइत जुराउँदै हुनुहुन्छ !’
स्नेहाको बौद्धिक तर्कहरूका अगाडि विनय पराजित हुँदै गर्दा स्नेहा बालुवामाथिको माछाझैं उसको छातीमाथि छट्पटाउँदै उसलाई उत्तेजित तुल्याउँदै थिइन् । उनी कहिले उसका ओठमा चुम्बन गर्थिन्् भने कहिले उसको नाङ्गो छातीमा । स्नेहा उसकी बहिनी नभएको भए यो अवसरको सदुपयोग गर्न उसले पनि जानेको थियो तर उसको चेतनाले उसलाई अझै निषेधाज्ञा जारी गर्दै थियो । ऊ आफैंभित्र हराएको बेला पुनः स्नेहाको आवाजले झस्कियो ।
‘दादा, छिटो न भन्या । यो धेरै सोच्ने बेला होइन ।’
‘स्नेहा, भन त, के यो ठीक होला र ? आज एक्कासि तिमीलाई के भयो ?’ बल्ल उसकोे बोली फुट्यो । आफ्नै बोली पनि उसलाई केही अनौठोजस्तो लाग्यो उसलाई । वास्तवमा ऊ आफूले पनि सन्तुलन गुमाइसकेको थियो तर पनि उसले स्नेहालाई यथार्थ बोध गराउने झिनो प्रयास गरिहेर्यो ।
‘आज मलाई के भइरहेछ, त्यो मलाई नै थाहा छैन । अहिले म थाहा पाउन पनि चाहन्न । तर आज अगाडि यस्तो कहिल्यै भएको थिएन । सपना पनि त्यस्तै देखें । व्युँझदा आफूलाई अत्यन्त प्यासी प्यासी भएझैँ लाग्यो । उठेर चिसो पानी खाएँ, नुहाउन गएँ, तर पनि अहँ, यो उन्माद कम भएन । ट्युबेलको चिसो पानीले पनि शीतलता प्रदान गर्न सकेन । शरीरको भित्री भागमा डढेलो लागेपछि बाहिर पानी खन्याउँदा मात्र राहत नहुँदोरहेछ दा, अब हजुर नै भन्नोस् न, यस अवस्थामा म कहाँ जाऊँ वा के गरौं ? मेरो यौवनको सुनामीले मेरो चेतनालाई पराजित गरिसकेको छ । दा, अहिले मेरो शरीर मेरै नियन्त्रणमा छैन, म के गरौँ ?’
‘………………….’
‘हजुरको चेतनाले मेरो माग पूरा गर्नबाट रोक्यो भने यो आगो शान्त पार्न म अन्त कहाँ जाऊँ दादा ? मैले आज कतै न कतै जानै पर्ने अवस्था छ । यो आगो उपदेशले मात्र समन हुनेवाला छैन । म अन्त गएँ भने त हजुरकी बहिनी फुटपाथे भइहाल्छे नि ! भोलिदेखि मेरो ब्ल्याकमेलिङ्ग शुरू हुन्छ । के मेरो त्यो अवस्था चाहिँ हजुरलाई मान्य होला त ? अहिले त हजुर र म बाहेक अरू को छ र ?’
विस्तारै विनय पनि स्नेहालाई एउटी कामातुर सुन्दरी मात्र महसुस गर्न थालिसकेको थियो र उनको जवानीको सुगन्धले लठ्ठ भइसकेको थियो । तर पनि उसलाई उसलाई उसकी धर्मपत्नी सुमिनाले यो घटना थाहा पाइन् भने राम्रो हुँदैन भन्ने डर थियो । अतः उसले डराउँदै जिज्ञासा राख्यो–ं ‘स्नेहा, भाउजू……’
‘भाउजूलाई एउटा बहाना बनाएर बाहिर पठाइसकेकी छु । प्लिज दा……क्विक…’
स्नेहाले उसलाई शारीरिक र मानसिक दुबै रूपमा तयार पारिसकेकी थिइन् । उभित्रको आगोले पनि विस्तारै आफ्नो अस्तित्व देखाउन थालिसकेको थियो । त्यसैले चेतनाले निषेध गर्दागर्दै पनि उसले आफ्नो शरीरलाई स्वतन्त्र रूपमा छोडिदियो । बेला–उमेर–वातावरण सबै अनुकूल । स्नेहा एउटी नव–यौवना । उनको शरीरबाट बहिनीको आवरण हटाउने बित्तिकै उसकोे पुरूषत्व पनि जागेर उठ्यो । अन्ततः ‘जे होला’ को मनस्थितिमा पुगेर स्नेहाको यौवन र उसको पुरूषत्वका बीच सङ्घर्ष आरम्भ भयो ।
सङ्घर्षमा सबै अस्त्रहरू र क्षेप्यास्त्रहरू प्रयोग भए । केही क्षणपछि उसका ओठहरूमा हार्दिकताको एउटा मीठो चुम्बन दिंदै स्नेहाले भनिन् ‘थ्याङ्क्यु दा.. !’ अनि आफ्नो गाउन र भित्री लुगाहरू मिलाउँदै कोठाबाट बाहिरिन् ।
त्यो बिहानी स्नेहामा चढेको स्वेतभैरवीको घटना उनीहरू दुईबाहेक अरू कसैलाई थाहा भएन ।
त्यसपछि पनि स्नेहा केही समय विनयकै निवासमा बसिन् तर फेरि उसले कहिल्यै त्यो स्वेतभैरवीको रूप देख्नु परेन । स्नेहाले उसलाई पूर्ववत् दाजुकै रूपमा आदरपूर्वक व्यवहार गरिरहिन् र सुमिनालाई भाउजूकै रूपमा । उनले गर्ने सम्मान र व्यवहारमा कहिल्यै फरक देखिएन । विनय एक्लै घरमा रहेको बेला पनि उनले कहिल्यै असामान्य व्यवहार देखाइनन् । स्नेहा उसको नजरमा पुनः बहिनी नै बनिसकेकी थिइन् । त्यो दिन जुन रहस्यले उनको शरीर जलेको थियो, सायद, त्यस रहस्यको निरूपण भइसकेको थियो ।