नेपालमा तीव्र गतिमा फैलँदैछ सापु, सातामै भेटिए सय बिरामी

विगत तीन हप्तामा सापु रोगबाट एक सय बिरामी परेका छन्। सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ। त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन्। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ।

उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ। नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो। रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ। ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ। सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन्।



उनले सबै सेतो पुतली हानीकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताइन्। अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन्। कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ।

यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ। सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ। अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले शय्या भरिएका बताइएको छ।

सम्बन्धित समाचार