साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा विशेष तालिम सम्पन्न

साउथवेस्टर्न स्टेट कलेज बसुन्धाराको आयोजनामा ‘सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन’ विषयक एक दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले अबको सिकाइ ज्ञानमुखी सीपमुखी, व्यवहारमुखी र अनुसन्धानमुखी हुँदै समाजसँग जोड्नुपर्ने कुरामा जोड दिए ।

उनले शिक्षण भनेको सिक्ने र सिकाउने प्रक्रिया भएकाले सिकाइमा समयको मागसँगै अपडेट हुन नसकिए आउटडेटेड भइने भन्दै शिक्षित जनशक्तिमा ज्ञानको अभावभन्दा पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।



केसीले साउथवेष्टर्न स्टेट कलेजले आसार महिनामा मात्रै शिक्षासँग सम्बन्धित अन्तरक्रिया, तालिम, कार्यशाला गोष्ठी जस्ता तीन दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिँदैै अबका दिनमा गुणस्तरीय शिक्षाका लागि पेशागत व्यवसायिकता (पीडी) सार्वजनिक निजी साझेदारी र संस्थागत सार्वजनिक उत्तरदायित्वअन्तर्गत साउथवेष्टर्न कलेज सरोकारवाला सबैसँग निरन्तर सहकार्य गर्दै सहभागी हुने कुरामा पनि विश्वास दिलाने प्रयास गरे ।

कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले प्रभावकारी शिक्षण सिकाइ गतिविधि र शिक्षकको पेशागत व्यावसायिकता वृद्धि गर्नका लागि यस तालिमको आयोजना गरिएको जानकारी दिँदै सिकाइलाई स्वतन्त्र र विद्यार्थी केन्द्रित बनाउन सके मात्रै उक्त शिक्षाले देशको माटो स्पर्श गर्न सक्ने बताए । उनले २१औँ शताब्दीको शिक्षा देश, समाज र विकाससँग जोडिनुपर्ने भएकोले विद्यार्थीको सिकाइ व्यवहारिक र विज्ञानसम्मत हुनुपर्ने धारणा राखे ।

प्रिन्सिपल केसीले एक सय उनन्तीस जना विद्यार्थी लिएर सुरू भएको कलेजको इतिहासलाई स्मरण गर्दै आज पीजीदेखि पीएचडीसम्म चार हजारभन्दा बढी विद्यार्थी रहेको जानकारी गराउँदै गुणस्तरीय शिक्षाको लागि सिकाइमा रूपान्तरण र कार्यन्वयन प्रक्रिया महत्वपूर्ण हुने रहेछ भन्ने धारणा राखे । उनले यस तालिममा पहिलो वर्षका विद्यार्थी संख्याभन्दा शिक्षकको संख्या बढी रहेकोमा खुसी पनि व्यक्त गरे ।

कार्यक्रममा कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट तालिमका प्रमुख वक्ता काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका सहायक डीन डा. धनपति सुवेदीले विद्यार्थीहरू विद्यालयमा आइसकेपछि स्वतन्त्रपूर्वक सिक्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने भन्दै शिक्षण सिकाई गतिविधिमा कक्षाकोठा व्यवस्थापन पनि महत्वपूर्ण पाटो रहेको र कक्षा कोठालाई कसरी सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा आफ्ना महत्वपूर्ण अनुभवहरू राखेका थिए ।

 

सम्बन्धित समाचार