स्तनपानः आमा र शिशु दुवैलाई फाइदा

शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा। लक्ष्मी लामिछाने ९नाम परिवर्तन०ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराइन् ।

पढाइ सकेर भर्खर मात्र काम थालेकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउँछिन् । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उनले बताइन् ।



चिकित्सक लामिछाने भन्छिन्, ‘सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफैंले खुवाउन नपाउँदा धेरै पीडा भयो ।’  शिशुलाई स्तनपान गर्न नदिएपछि दूध गानिएर स्तनको शल्यक्रियासमेत गर्नु परेको नमीठो अनुभव उनको छ ।

महिलाले बाध्यताले स्तनपान गराउन नपाएका यस्ता उदाहरण धेरै छन् । स्तनपानमैत्री कार्यालय नहुनु, फेसनमा बोतलबाट दूधपान (बोतल फिडिङ) गराउनु तथा उचित परामर्शको अभावमा आमाहरूले स्तनपान कम गराउने गरेको उनको अनुभव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा आरपी विच्छाले विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको सङ्ख्या दिनप्रतिदिन घटिरहेको जानकारी दिइन् ।

उनका अनुसार स्तनपानबारे दुईवटा कुरा थाहा पाउनैपर्छ । पहिलो, जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्छ भने दोस्रो, छ महिनासम्म दूध मात्र खुवाउनुपर्छ । तर दुर्भाग्यवश यो दुवै घट्दो अवस्थामा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

सम्बन्धित समाचार