मंगलको क्रेटरको बीचमा बनेको पहाडको रहस्य

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्युरियोसिटी रोभरले एक आश्चयृजनक तथ्य पत्ता लगाएको छ । रोभरले आफू पुगेदेखि नै त्यहाँको भौगोलिक अवस्थाको फोटो त्यसले त्यही बेलादेखि नै पठाउन सुरु गरेको हो ।

उक्त तस्वीरहरु हेर्दा त्यहाँ करीब १५४ किलोमिटर फराकिलो क्रेटर अर्थात् उल्कापिण्ड खसेर बनेको खाल्डो छ । त्यसको बीचमा करीब ५ किलोमिटर अग्लो पहाड छ । अर्थात् रोभर पहाडको तलदेखि माथिसम्म पुगेर त्यहाँको तथ्य प्रेषित गरिरहेको छ । पहाडको नाम कोलम्बिया राखिएको छ ।



करीब दुई वर्ष पहाडमा चढेपछि त्यो पहाडको टुप्पोमा पुग्यो । यसले पठाएका तस्वीर र त्यसबाट मिल्ने तथ्य अन्य उपग्रहले केही गरी पनि पठाउन नसक्ने बताइएको छ । यी सूचनाको विश्लेषण गरेर नै त्यहाँ तल मिथेन र हिलो माटोको ठूलो भण्डार रहेको पत्ता लागेको बताइएको छ ।

करीब साढे ३ अर्ब वर्ष पहिले यो क्रेटर पानीले भरिएको अनुमान छ । यी पहाड करोडौं वर्षदेखि बन्दै र सुक्दै गरेका तालको बालुवा र अन्य तालका वस्तुबाट बनेको हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ ।

पछि नजिकका खाली जमीनमा हावाले माटो उडाएर एकै ठाउँमा थुपार्दै ५ किलोमिटरको अग्लो पहाड बनेको नासाको भनाइ छ ।

हाल सुख्खा र चिसो यो ग्रह पहिला तातो र आर्द्रतायुक्त हुन सक्ने अनुमान छ । अर्थात् अर्बौं वर्षपहिले यहाँ गर्मी हुनुका साथै पानी र असिना पनि परेको हुन सक्ने अनुमान छ । क्युरियोसिटी समूहका अनुसार प्राचीन मंगलमा आर्द्रतालाई कायम राख्न धेरै वर्षा हुन सक्ने अनुमान छ ।

मंगलमा मिथेन र हिलो माटो पाइएसँगै यहाँ पहिला ठूलो समुद्र रहेको हुन सक्ने पनि अनुमान छ ।

त्यस्तै, पानी हुने सम्भावनाका साथै यहाँ जीवनको पनि उत्तिकै सम्भावना देखिएको छ । यसरी दिनहुँ यस ग्रहबाट सूचना आइरहँदा अब यो ग्रह धेरै रहस्यको विषय नरहने अनुसन्धाताहरुको भनाइ छ ।

सम्बन्धित समाचार