भारतको कर्नाटकमा मिड टर्म परीक्षा दिने क्रममा छात्रछात्राको टाउकोमा कार्टुन बक्स लगाएर परिक्षामा सामेल गरिएको छ ।
विद्यार्थीको चिट चोर्ने क्रियाकलाप देखि दिक्क भएका शिक्षकले उनीहरुलाई त्यस्तो गर्न लगाएका थिए ।
हावेरी शहरको भगत प्री–यूनिवर्सिटी कलेज प्रशासन अनुसार छात्रछात्रालाई परिक्षामा नक्कल गर्न निरुत्साहित गर्नको निम्ति यसो गरिएको बताएको छ । बक्सको एक तरफ बाट काटेर हेलमेट जस्तो बनाइएको थियो र केवल उत्तर पुस्तिकामा मात्र देख्न मिल्थ्यो ।
सोशल मीडियामा उक्त तस्वीर भाइरल भएपछि जिल्ला प्रशासनले कलेजको प्रशासक एम बी सतीशको विरुद्ध कारबाही गरेका छन् । सतिशले फेरी यस्तो नहुने बताउँदै लिखित रुपमा माफी मागेका छन् । उनले आफ्नो बचावटमा छात्राहरुले आफैले बोकेर ल्याएको बक्स लगाएर परिक्षा दिएको बताएका छन् ।
विद्यार्थीलाई कुनै प्रकारको कर नभएको र १५–२० मिनेट पछि विद्यार्थी आफैले बक्स हटाएका थिए । कतिपय बालबालिका बक्स नलगाइ परिक्षा दिईरहेका थिए र उनीहरुलाई कुनै बाध्यता थिएन, एक घण्टा पछि सबै विद्यार्थीलाई बक्स हटाउन लगाइएको थियो । सोशल मिडियामा यो भाइरल भएको छ । कलेज प्रशासनले विद्यार्थीको अनुमति लिएर मात्र त्यसो गरिएको र यो एउटा परिक्षणको रुपमा गरिएको बताएको छ ।
रसायन शास्त्र र वाणिज्यको पेपर लेखीरेहका छात्रछात्राको उक्त फोटो भाइरल हुने बित्तिकै कलेज प्रशासक सतीशलाई भारतीय प्री(यूनिवर्सिटी एजुकेशन बोर्डबाट प्रमुख आयुक्त समक्ष पेश हुन नोटिस पठाइएको थियो ।
यस्तो कारबाहीबाट बच्चामा कस्तो असर पर्छ ?
मनोवैज्ञानिक अचिरा चटर्जीले बच्चामा यस्तो घटनाले नराम्रो प्रभाव पर्न सक्ने र विद्यार्थीलाई आफू माथि कसैको विश्वास नभएको लाग्न सक्ने बताएकी छन् ।
उनको अनुसार यसरी बालबालिकाको भावनासँग खेल्न अमानवीय हुने र यो मध्यकालीन युगमा जस्तो एक सानो पिंजडामा राख्नु जस्तै भएको छ । विद्यार्थीले चोरी नगरुन् भन्ने जिम्मेदारी विद्यार्थीको नभएर शिक्षकको हो तर यहाँ त शिक्षक नै असफल भएका छन् ।
शिक्षकले छात्रालाई नक्कल गर्न हुँदैन भन्ने कुरा सिकाउन छोडेर बच्चाहरुलाई सजाय दिन तर्फ लागेका छन् । उनले पूरै घटनाले शिक्षकको असक्षमता देखिरहेको र चिट चोर्न नदिन अरु थुप्रै उपाय हुँदाहुँदै बालबालिकाको संवेदनात्मक प्रोत्साहन माथि हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।
(बिबिसी हिन्दीबाट)