बाथ रोग के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय

साधारणतयाः जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालिको भाषामा बाथ रोग भन्दछौं । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्न सक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो।



गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।

लक्षणहरू

-हातखुट्टाका जोर्नीहरू दुख्ने
– सुनिने तथा बिहानीपख अररो हुने
-ज्वरो आउने,
-आलस्य हुने,
-चाँडै थाक्ने तथा गल्ने
-छालामा निको नहुने घाउ आउने,
-आँखा रातो हुने तथा दुख्ने,
-फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने,
-फोक्सोबाहिर पानी जम्ने यसका लक्षण हुन्।

कसरी बच्ने ?

-चिसोमा नजाने ।
-बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औंला सेक्ने ।
-चिसो मौसममा तातो खानेकुरा खाने र न्यानो कपडा लगाउने ।
-धुम्रपान तथा मद्यपान नगर्ने ।
-रातो मासु नखाने ।
-सुकेको गेडागुडी, गोलभेँडा जस्ता खानेकुरा नखाने ।
-शरीरमा निलडाम देखिएमा, मुखमा घाउ आएमा वा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई दखाउने ।

सम्बन्धित समाचार