सौर्य मण्डलको निर्माण प्रक्रियाका कारण हाम्रो ग्रह र अन्य ग्रहहरु सन्तुलित भएर काम गर्दछन्। विज्ञहरुको अनुसार सानो बौना तारालाई ठूलो ग्रहले परिक्रमा गरिरहेको छ ।
हाम्रो सौर्य मण्डल सधै यतास्थितिमा नहुने र यसको अन्त्य हुने विज्ञहरु बताउँछन्। सौर्य मण्डलको अन्त करिब छ अर्ब वर्षपछि हुने जनाइएको छ। यो निरन्तर बढ्ने र तत्काल रहेको सूर्यको आकार भन्दा करीब दुई सय गुणा ठूलो हुने सक्ने जनाइएको छ। त्यस ठूलो ग्रह रेड जाइन्ट भनेर चिनिन्छ। यसको आकार ठूलो हुने क्रममा पृथ्वीलाई ध्वस्त पारेर सानो ताराको आकारमा परिणत गर्न सक्ने अनुमान विज्ञहरुले लगाएका छन्।
सानो बौना तारा हाम्रो पृथ्वीबाट करिब दुई हजार प्रकाश वर्ष टाढा रहेको छ। जसलाई ठूलो ग्रहले परिक्रमा गरिरहेको छ। जसको आकार वरुण ग्रहको अनुपात रहेको छ। सानो बौना ताराको तापमान तीस हजार सेल्सियस छ। त्यस ताराको तापमान सूर्य भन्दा पाँच गुणा बढी रहेको र यसले सूर्यभन्दा बढी मात्रामा अल्ट्रा वायोलेट विकिरण फाल्ने जनाइएको छ।
यस्तो ताराको गुरुत्वाकर्षण अत्याधिक हुने जस्ले कुनै प्रकारको वस्तुलाई समेत तान्न सक्ने क्षमता राखेको छ। ठूलो ग्रहले आफ्नो तापमान गुमाइरहेको छ। सानो बौना ताराले उच्च उर्जा फोटोहरु हाम्रो ग्रहमा फालिरहेको र हाम्रो ग्रहमा रहेको उत्कृष्ट ग्याँसहरुलाई तीन हजार टन प्रति सेकेण्ड आफूतिर तानेको विज्ञहरु बताउँछन्।
ठूलो टेलिस्कोपको माध्यमबाट सानो बौना ताराको आँकलन गरेको विज्ञहरुले जनाएको छ। त्यस टेलिस्कोपले कानो ताराको रङहरुलाई विभाजित गरेर देखाउने गर्दछ। त्यसकारण सानो बौना ताराको वरिपरि रहेको ग्याँसले तारालाई समेत परिक्रमा गरिरहेको जनाइएको छ।
त्यस कारणले हाम्रो सौर्य मण्डलको वरिपरिको प्रकाशहरुलाई अनुमान लगाउन र सूर्यको अन्त्यको समय पत्ता लगाउन विज्ञहरुको अनुसन्धान गरिरहेको जनाइएको छ। जब सूर्य रेड जाइन्ट स्टारको वरिपरि जान्छ त्यस बेला रेड जाइन्टको आकार झन् ठूलो हुने र त्यसले पृथ्वी, बुध ग्रह र शुक्र ग्रहको कक्षमा परिक्रमा गर्नेछ। परिक्रमा गर्ने क्रममा पूथ्वी सूर्यद्वारा समाहित हुन सक्ने जनाइएको छ।
पृथ्वीपछि यसले अन्य ग्रहलाई विस्तारै आफूमा समाहित गर्छ। तर, सूर्य आफै पनि समाप्त हुनेछ। यसले पृथ्वीलगायत ग्रहलाई निलेपछि आफू पनि यसरी नै निलिने अवस्थामा पुग्नेछ।