प्रधानमन्त्री केपी ओलीले मानिसको जीवन सोचे जस्तो सजिलो हुन नसक्ने अनुभव साटेका छन् । बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै प्रधानमन्त्री ओलीले मानिसले सोचे जस्तो जीवन सजिलो नहुने अनुभव साटेका हुन् । बुधबार राजधानीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा श्रीमती राधिका शाक्यसँगै उपस्थित भएका प्रधानमन्त्रीले बालबालिकासँग आफ्नो बाल्यकालका रमाइला अनुभव समेत सुनाए ।
‘धेरै साधारण लाग्ने र धेरै महत्वपूर्ण’ भन्ने वाक्याशंबाट आफ्नो अनुभव सुनाउन सुरु गरेका प्रधानमन्त्री ओलीले ‘जीवन सोचे जस्तै पनि नहुने र नसोचीकन, त्यस बाटोमा नलागीकन र सगरमाथामा चढ्छु भन्ने सपना नदेखिकन पनि लक्ष्य प्राप्त गर्न’ नसकिने बताए ।
आफ्नो बाल्यकाल संझदै प्रधानमन्त्रीले आफु ‘६८ वर्ष पहिले गाँउको पहाडी इलाकामा जन्मिएको एक किसान परिवारको बालकले देशको प्रधानमन्त्री हुन्छु भन्ने कल्पना गर्नु असंभव थियो’ भनेका थिए।
‘बाल्यकालमा गाउँमा मैले सबै भन्दा बढी बुझेको, मानेको मेरा गुरुहरु थिए । मेरो पनि इच्छा गुरुहरु जस्तै मास्टर बन्ने इच्छा थियो । हुँदै जाँदा समाजमा मैले बेठीक कुराहरु देखे र जनतामा सचेतता ल्याउनुपर्ने रहेछ भन्ने बुझेँ । सचेततामा आबद्ध जनतालाई निरंकुश र तानाशाह भएको व्यवस्था विरुद्ध देशमा सामाजिक न्याय दिलाउँछ, भनेर राजनीतिमा लागेँ ।’
‘मेरा उद्देश्य पनि वैयक्तिक थिएन। प्रधानमन्त्री बन्छु भनेर होइन । समाजमा परिवर्तन ल्याउँछु । देशमा लोकतन्त्र ल्याउने । त्यसका निम्ति बलिदान दिन परे पनि दिने उद्देश्य थियो ।’
‘अहिले अनाउन्सर बहिनीले भने जस्तो गिरफ्तार दिएर देशको प्रधानमन्त्री हुन्छु भन्ने कल्पना थिएन । व्यवस्था परिवर्तनपछि पनि मेरो उद्देश्य प्रधानमन्त्री बन्छु भन्ने थिएन । देशलाई सुन्दर कसरी बनाउनेरु जनतालाई सुःख सुविधा कसरी दिने भन्ने थियोरु’
‘पर्दै आउँदा मैले सांसद, मन्त्री, प्रधानमन्त्री भएर देश र जनताका लागि निष्ठाका साथ लागे । म जेल बस्दा पनि इमान्दारिताका साथ लागेँ । निष्ठाका साथ लागे । प्रधानमन्त्री बनेपछि मैले देश बनाउने मौका पाएको छु । प्रधानमन्त्री बन्न मैले पहिलेदेखि योजना बनाएको होइन । परिस्थितिले प्रधानमन्त्री बनेको हुँ ।’
‘प्रधानमन्त्री बनेपछि मैले देश बनाउने मौका पाएको छु, नेतृत्व गर्ने मौका पाएको छु। त्यस कारण देश भित्र रहेका भ्रष्टाचार हटाउने, विकृति हटाउने, पछौटेपन हटाउने र देशलाई एउटा स्वच्छ, समृद्ध,आधुनिक, सभ्य बनाउने र हाम्रा सबै पुर्खाले परिकल्पना गरे जस्तो सबै सुखी हौं, सर्वे भवन्तु सुखिन, त्यसैले देश विकास, सामाजिक समानतासहितको सबै सुखी हुने व्यवस्था भनेर मैले नारा दिएको पनि समृद्ध नेपाली, सुखी नेपाली हो।’