टाइगरको बागी-३ : उत्कृष्ट एक्शन तर कथा कमजोर !

टाइगर श्रापले छ वर्ष अघि चलचित्र उद्योगमा आफ्नो पाइला राखेका थिए र अहिले उनले आफ्नो छुट्टै शैली र आफ्नो स्टाइलिस र जोखिमपूर्ण स्टन्ट साथै शान्त शैलीका व्यक्तित्वको रुपमा बलिवुडमा आफ्नो पहिचान बनाएका छन् ।

पहिलो पटक सन् २०१६ मा रिलिज भएको बागीको शृंखलाहरुमा उनलाई प्रशंसकले निकै रुचाएका छन् । बागी रिलिजको पहिलो दिनदेखि नै सफल चलचित्रको रुपमा रहेको छ र बागी-२ त झन् ठुलो हिट भएको थियो, जसले पहिलो शुरुवात नै २५.१० करोडबाट गरेको थियो र कुल कमाई एक सय ६४ दसमलब ३८ करोड बनाएको थियो ।



त्यसैले पनि बागी- ३ बाट अलि धेरै नै अपेक्षा गरिएको छ, जसमा एक्सनको स्तर पहिलाको भन्दा धेरै प्रवल रहेको छ । यसपटक टाइगरको पात्र रोनी सम्पूर्ण देशको लागि युद्द लड्न तयार रहेको देखिन्छ ।

के बागी-३ मनोरन्जन प्रदान गर्ने पक्षमा सफल छ ? वा यसले मनमा छाप बनाउन असफल हुन्छ ?

बागी -३, आतंकवादी संगठनको विरूद्ध एक व्यक्तिको कथा हो । रोनी (टाइगर श्राफ), विक्रम (रितेश देशमुख) का सानो भाइ हुन्छन् । उनीहरुका बुबा चरण चतुरवेदी (ज्याकी श्राफ) एक प्रहरी हुन्छन् तर उनीहरु सानै हुँदा चरणको मृत्यु हुन्छ । चरणलाई दुई छोरा मध्ये रोनी बहादुर छ भन्ने थाहा हुन्छ र उसले रोनीलाई विक्रमको रेखदेख गर्ने कसम खान लगाएको हुन्छन् ।

जब दुवै जना बढेर ठुलो हुन्छन्, विक्रम प्रहरी सेवामा भर्ती हुन्छ र उसको कार्यक्षेत्र आग्राको लोह्म्दी प्रहरी केन्द्र हुन्छ । विक्रमको कामको पहिलो दिन नै बजवा नामको मानिसले लोहम्दी प्रहरी कार्यालय वरपर आगो लगाउँछ । बाजवाको सिनियर आइपिए (जयदीप अलावत) उसलाई प्रहरीबाट छुटाउन आउछ र कुनै आरोप दर्ता हुन पाउदैन । आइपिएल चलचित्रका खलनायक पात्र हुन्छन् उनलाई स्थानीय तथा प्रहरीले केही उजुरी दिन सक्दैनन् ।

अरु हिन्दी चलचित्रमा जस्तै आइपिएलको काम अपहरण गर्ने, फिरौती माग्ने र प्रहरीलाई हेप्ने हुन्छ । तर प्रहरीलाई आइपिएल विश्वको सबै भन्दा ठुलो आतंकवादी समूह जेइश-ए-लश्खरका नेता अबु जलाल गाजाको लागि काम गर्ने व्यक्ति भन्ने थाहा हुँदैन । जो सिरिया भन्दा बाहिर थुप्रै देशहरुमा काम गरिरहेका हुन्छ र प्राय देशलाई आफ्नो कब्जामा राखेका हुन्छ ।

उता लोहम्दी प्रहरी कार्यालयमा एउटा अपहरणको कम्प्लेन आउँछ तर आइपिएलले गरेको भन्ने थाहा पाएर कोहि पनि अघि सर्दैनन् र प्रहरीले विक्रमलाई उक्त केसमा पठाउछ । विक्रम डराउँछ र रोनीलाई उक्त विषयमा हेर्न भन्छ । रोनीले आइपिएलको कारखानमा विक्रमको सहयोग गर्छ जहाँ अपहरण गरिएका मानिसलाई राखिएको हुन्छ ।

रोनीले सबै बत्ति निभाएर आइपिएलका गुण्डालाई पिट्छ र अरु सबैले विक्रमले उनीहरुलाई बचाएको भन्ने सोच्छन् । विक्रम रातभरमा हिरो बन्छ । विक्रमले रुची (अंकिता लोखन्डे) संग विवाह गर्छ जसको बहिनी सिया (श्रद्धा कपुर) हुन्छिन् । त्यसपछि सिया रोनीलाई डेट गर्न थाल्छिन् ।

फिल्ममा राम्रो दृश्य चलिरहेको हुन्छ, परराष्ट्र मन्त्रालयले विक्रमलाई सिरिया पठाउँछ । उसलाई आइपिएल लाई पक्राउ गर्ने जिम्मेवारी दिईएको हुन्छ । यो हेर्दा सजिलो काम देखिन्छ तर विक्रम सिरिया जान्छ र उसलाई अबुका मानिसले अपहरण गर्छन् । रोनी विक्रमलाई बचाउन सिरिया जान्छ र त्यस पछि भएको घटना चलचित्रको बाँकी कथा रहेको छ । बाघी-३ सन् २०१२ मा रिलिज भएको तामिल चलचित्र वेत्ताईसंग मिल्दोजुल्दो छ । साजिद नाडियाडवालाको कथा मनोरन्जनात्मक छ तर कथाको पाटो कमजोर छ ।

फरहाद सम्जीको पटकथा (स्पार्स खेतरपाल, ताशा भाम्ब्रा, मधुर शर्मा द्वारा अतिरिक्त पटकथा) मात्र पहिलो आधामा प्रभावकारी छ । त्यहाँ एक्सन दमदार छ तर परिस्थितिहरूको सन्दर्भमा नवीनताको पनि छ र त्यसले दर्शकको रुचीलाई निरन्तरता दिन्छ । फरहाद सम्जीका डायलगहरू धेरै मानोरन्जनात्मक र रमाईलो छन् ।

अहमद खानको निर्देशन भने औसत रहेको छ । बागी-२ राष्ट्रियतामा बढी केन्द्रित रहेको थियो भने यसमा भने त्यस्तो छैन । यसमा भारत(पाकिस्तानको बारेमा अर्कै सम्बन्ध देखाइएको छ । निर्देशकले चलचित्रलाई पहिलो हाफमा समातेर राख्न सफल भएको छन् तर दोश्रो भागमा चलचित्र चिप्लिन्छ ।

यसको सबै भन्दा ठुलो समस्या भनेको रोनी एउटा पुरै राष्ट्रसंग लडिरहेको छ । तर वास्तवमा त्यो एउटा राष्ट्र होइन केवल एउटा शहर मात्र हो । चलचित्र निर्माता तथा निर्देशकले त्यसलाई देश बनाएका छन् , जुन पत्याउन गाह्रो हुन्छ । बागी- ३ अनौठो शैलीमा शुरुवात हुन्छ, रोनीलाई नायकको रुपमा प्रस्तुत गर्न सानोमा अरु बच्चालाई पिटिरहेको देखाउँछ जुन अलि वास्तविक जस्तो लाग्दैन । तर चतुरवेदीको मृत्युको दृश्यले भावनात्मक अनुभव गराउछ ।

सियाको इन्ट्री निकै रमाइलो छ र रोनी यसमा खुलेका छन् , फ्यानहरुलाई यो मन पर्छ । अबु जलाल गाजाको दृश्यहरु सबै देखावटी भएको देखिन्छन् र फिल्मको पहिलो पाटो आग्रामा भएको दृश्य र कथामा केन्द्रित छ । र यसमा रोनीको एक्सन हेर्न मिल्छ जसमा उनी गुण्डा संग लड्छन् र त्यसको श्रेय सबै विक्रमलाई जान्छ ।

चलचित्रको एक्सनको पाटो सबै भन्दा राम्रो छ, टाइगरका प्रशंसक यस चलचित्रबाट निरास हुने छैनन् । श्रद्धा कपुर निकै सुन्दर देखिएकी छिन् तर केही दृश्यमा उनी दृश्य भन्दा फरक देखिन्छिन् तर उनले आफ्नो पात्रको भूमिका राम्रोसंग निभाएकी छिन् । उनको केवल थोरै मात्र भूमिका रहेको छ, उनले छिट्टै प्रतिक्रिया दिने एग्रेसीभ पात्रको भूमिका निभाएकी छिन् । उनलाई एकदुई वटा एक्सनको सिनमा राख्न सकिन्थ्यो तर उनको भूमिका सीमित छ ।

रितेश देशमुखले आफो पात्रलाई न्याय गरेका छन् जसले चलचित्रमा रमाइलो र पागलपन्ती थप गरेका छन् । उनलाई चलचित्रको क्लाइमेक्समा दर्शकले निकै मन पराउने छन् । उनले सन् २०१८ मा मराठी प्रोडक्सनको ‘मौली” मा त्यस्तै भूमिका निभाएका थिए, उक्त चलचित्र पनि तामिल चलचित्र वित्त्तेइसंग मिल्दोजुल्दो थियो ।

अंकिता लोखन्डेले थोरै मात्र भूमिका पाएकी छिन्, विजय वर्माको भूमिकाले पनि मनोरन्जन प्रदान गर्छ, जयदिप अलावतको क्लाइमेक्स भन्दा एकछिन अगाडीको भूमिका महत्वपुर्ण छ र कथामा सुहाएको पनि छ । जमिल खोरे खलनायकको भुमिकामा ठिकै देखिएका छन् भने सिफुजी सौर्य मिश्राको पात्र अनावश्यक छ । चलचित्रको गीत ठीकै छ, सिनेमेटोग्राफीको पक्षमा उत्कृष्ट छ , सन्थना कृष्णाको सिनेमेटोग्राफीले सिरियालाई जीवन्त देखाउन मात्र नभई एक्सनको दृश्यपनि निकै राम्रो देखाइएको छ, जसले दर्शकलाई दृश्य संग जोडी राख्छ ।

कस्ट्युम डिजाइन पनि निकै रामो छ, भिएफएक्स ठिकै रहेको छ भने इडिटिङ्गको पक्षमा भने एक दुइ ठाउँमा बाहेक अरु फिल्ममा ठीकठाक छ ।

समग्रमा बागी- ३ टाइगर श्रफको दमदार प्रस्तुति र द्वन्दको दृश्यले चलचित्र निकै राम्रो बनेको छ र यसले निश्चित दर्शकहरुको मन जित्न सफल हुने विश्वास गर्न सकिन्छ ।

सम्बन्धित समाचार