कोभिड-१९ का गम्भीर दुई तिहाई भन्दा बढी बिरामीहरुलाई रेमडेसिभिरको उपचार पछि आफ्नो अवस्था सुधार भएको जनाएको छ । गिलिड साइन्स इंकद्वारा विकसित गरिएको एक प्रयोगात्मक औषधि बिरामीको अवलोकनको आधारमा नयाँ तथ्यांकले देखाएको छ ।
न्यू ईङ्गल्याण्ड जर्नल अफ मेडिसिनले गत शुक्रबार प्रकाशित गरेको विश्लेषणमा ६१ जना अस्पतालमा भर्ना भएका बिरामीहरूलाई अरू के के उपचार दिइयो र त्यसमध्ये ८ जनामा तथ्यांक समावेश गरिएको थिएन भनेर जनाएको छ । ओखतीको मात्राको गल्तिको कारण बताई स्पष्ट पनि पारेको छ ।
शोधकर्ता आविष्कारकले उक्त निष्कर्षलाई “आशावादी” भनेका छन् । उनले खबरदारी गर्दै परिणामहरूको व्याख्या गर्न गाह्रो छ किनकि त्यसमा नियन्त्रण समूह९कन्ट्रोल ग्रुप ०सँग तुलना समावेश गरिएको छैन भनेका छन् । उनले अगाडी भनेका छन् बिरामीको संख्याहरु थोरै भएको बताएका छन् । खुलासा गरिएको विवरणहरू सीमित छन्, र अनुगमन समय तुलनात्मक रूपमा छोटो थियो भनि वक्तब्य जारी गरेका छन् ।
हाल कुनै कोभिड-१९ को लागि अनुमोदित उपचार वा प्रतिरोधात्मक खोपहरू छैनन । गिलिडले गत महिना रेमडिसिभिरको लागि यसको दयापूर्ण प्रयोग कार्यक्रम तीव्रतामा सीमित गर्यो र ,एन्टिभाइरल (प्रति-विषाणु) औषधिको आफ्नै क्लिनिकल (रोग-विषयक) परीक्षणहरू सञ्चालन गरि रहेको छ ।
परिणामहरू आगामी हप्ताहरूमा आउने अपेक्षा गरेको जनाएको छ । चीनका अन्वेषकहरुका साथसाथै अमेरिकाको स्वास्थ्य संस्थानहरुले पनि कोभिड-१९ को को बिरामीहरुमा औषधी परीक्षण गरिरहेका छन्।
नयाँ विश्लेषणमा संयुक्त राज्य अमेरिका,युरोप, क्यानडा र जापानका बिरामीहरूलाई संलग्न गराइएको छ । जसले इन्ट्राभेनस (अन्तःशिरा) रेमडिसिभिरको १०-दिने ओखतीको मात्रा (कोर्स) प्राप्त प्राप्त गरेका छन् ।
उपचार गर्नु अघि ३० जना बिरामीलाई मेकानिकल भेन्टिलेटर (यांत्रिक वायु-प्रवाहक) मा राखिएको थियो । र चार जनालाई त्यस्तो यन्त्र९मेशिनमा०मा राखिएको जसले बिरामीको शरीरबाट रगत कृत्रिम अक्सिजिनेटर (अक्सिजन मिलाउने ) मार्फत पठाउने गर्छ ।
१८ दिनको दिनको औसत अनुगमन पछि ३६ प्रतिसत बिरामीहरू अर्थात् ६८ प्रतिसत अक्सिजन सहायता वर्गमा सुधार भएका थिए । जसमा श्वास नली (ट्युब) हटाउने मेकानिकल भेन्टिलेसन (यांत्रिक वायु-प्रवाहक)प्राप्त गर्ने ३० जनाभन्दा बढी बिरामीहरू थिए।
कुल २५ जना बिरामीहरू अर्थात् ४७ प्रतिसतलाई अस्पतालबाट डिस्चार्ज गरियो। त्यसमध्ये ७ जना बिरामीहरू अर्थात् कुल १३ प्रतिसतको मृत्यु भएको जनाएको छ ।
बाह्र बिरामीहरू अर्थात् २३ प्रतिसतलाई गम्भीर प्रतिकूल असर (साइड इफेक्ट) भएको थियो । जसमा बहु-अंग-बिकार लक्षण (डिसफंक्शन सिन्ड्रोम) विषाक्त आघात र तीव्र मिर्गौलामा क्षति भएको जनाएको छ ।
“हामी यी निष्कर्षहरूलाई सम्भावित रूपमा प्रमाणित गर्न कन्ट्रोल क्लिनिकल (नियन्त्रित रोग-विषयक) परीक्षणहरूको परिणामहरूको प्रतीक्षा गर्छौं,” लस एन्जलसको सिडर्स-सिनाई चिकित्सा केन्द्र (मेडिकल सेन्टर) का शोधकर्ताका प्रमुख आविष्कारक र अस्पताल महामारी विज्ञानका निर्देशक डा जोनाथन ग्रिनले लेखेका छन् ।
श्रोत : ब्लुम्बर्ग