पहिलोपटक कोरोना भाइरस पत्ता लगाउने महिला को हुन् ?

कोभिड १९ एक नयाँ भाइरस भए पनि यो कोरोना भाइरसकै एक प्रकार हो । जसको खोजी डाक्टर जून अलमेडाले सन् १९६४ मा लण्डनको सेट थोमस अस्पतालको ल्याबमा सबैभन्दा पहिला गरेकी थिइन् । बायोलोजिष्ट जून अलमेडको जन्म १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहर उत्तर-पूर्वस्थित एक बस्तीमा रहने साधारण परिवारमा जन्मेकी थिइन् उनी ।

अलमेड एक बस चालककी छोरी थिइन् । जसले १६ वर्षकै उमेरमा स्कूल छोडेकी थिइन् । जो भाइरस इमर्जिङ क्षेत्रका चर्चित व्यक्तिहरुबीच आफ्नो नाम लेखाउन चाहन्थिन् । त्यसो त कोभिड १९ माहामारीको समयमा जूनको कामको चर्चासँगै उनको खोजी पनि निकै चर्चामा रहेको छ । अलमेडले ग्लासगो शहरकै एक ल्याबमा टेक्निसियनका रुपमा कामको सुरुवात गरेकी थिइन् ।



त्यसको केही समयपछि नयाँ सम्भावनाको खोजीमा पुगेकी उनले १९५४ मा भेनेजुयलाका कलाकार एलरीक अलमेडसँग विवाह गरिन् ।

सामान्य रुघाखोकीको अनुसन्धान

मेडिकल क्षेत्रका लेखक जर्ज विटरका अनुसार विवाहको केही वर्षपछि अलमेड दम्पति आफ्नी छोरीसँगै क्यानडास्थित टोरन्टो शहर पुगेका थिए । क्यानडाकै ओन्टारिया क्यान्सर संस्थानमा जून अलमेडले इलेक्ट्रिन माइक्रोस्कोप साथ आफ्नो उत्कृष्ट कौशलता विकास गरिन्। जहाँ काम गर्दा उनले एक यस्तो विधिमा विज्ञता हाँसिल गरिन् जसले भाइरसको कल्पना गर्न सहयोग गर्‍यो ।

बेलायतले डा. जुन अलमेडको कामको महत्त्व बुझेपछि सन् १९६४ मा उनको अगाडि लण्डनको सेन्ट थोमस मेडिकल स्कूलमा काम गर्ने प्रस्ताव राख्यो । यो त्यही अस्पताल हो, जहाँ प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड १९ बाट संक्रमित भएपछि उपचार गरियो ।

क्यानाडाबाट फर्किएपछि डा. अलमेडले डा।डेविट टायरेलसँग मिलेर अनुसन्धानको काम सुरु गरेकी थिइन् । जतिबेला बेलायतको सालिसवरी क्षेत्रमा सामान्य रुघाखोकीको अनुसन्धान भइरहेको थियो ।

डा।टायरले नै चिसोका बेला नाकका फ्लूडका धेरै नमूनाहरु संकलन गरेका थिए । उनको टोलीले नै धेरैजसो सबै नमूनाहरुमा सामान्य चिसोमा भाइरस भेट्टाएको जर्ज विटरले बताएका छन् ।

ती नमूनाहरुलाई बी-८१४ नाम दिइएको थियो । जुन सन् १९६० मा एक अंग्रेजी स्कूलका विद्यार्थीबाट लिइएको थियो र त्यो अन्य सबैभन्दा फरक थियो ।

कसले दियो कोरोना भाइरस नाम

डा. टायरललाई लाग्छ ‘किन यो नमूनाको परीक्षण डाक्टर जून अलमेडको सहयोगबाट इलेक्ट्रोन माइक्रोस्कोप विधिबाट नगर्नेरु त्यही सोचले उक्त नमूना परीक्षणका लागि डा.अलमेडलाई पठाइएको थियो । परीक्षण पछि सो भाइरस इन्फ्लुन्जा जस्तै देखिने तर त्यसभन्दा फरक प्रकृतिको हुने पत्ता लागेको थियो ।

यो त्यही भाइरस हो जसको पहिचान गरी डा. अलमेडले कोरोना भाइरसको पहिचान गरेकी थिइन् । त्यसैले जर्ज विटरका अनुसार डाक्टर अलमेडले खासगरी यस भाइरसको कण पहिला मुसामा हुने हेपटाइटिस र कुखुरामा हुने संक्रामक ब्रोन्काइटिसमा देखिकी थिइन् ।

त्यसैगरी विटरले जूनको पहिलो शोधपत्रलाई अस्वीकार गर्दै उनीहरुले इन्फ्लुन्जा भाइरसको खराब चित्र मात्र प्रस्तुत गरेको आरोप लगाएका छन् । तर संकलित नमूना नम्बर बी ८१४ बाट भएको नयाँ आविष्कार तथा अनुसन्धानको वर्ष १९६५ मा प्रकाशित भएको मेडिकल जर्नल दुई वर्षपछि जर्नल अफ जनरल भाइरसको तस्बिरका साथ प्रकाशित भएको थियो ।

त्यसपछि डाक्टर टायरल, डा. अलमेड र सेन्ट थोमस मेडिकल संस्थानका प्रोफेसर टोनी वाटरसनद्वारा उक्त भाइसरको सम्पूर्ण बनावट हेरी कोरोना भाइरस नामाकरण गरिएको जार्ज विटरले बताएका छन् । केही समयपछि डा अलमेडले लण्डनमा पोष्टग्राजुएट मेडिकल कलेजमा काम गरिन् र त्यहीबाट उनले आफ्नो चिकित्सा अध्ययन पूरा गरिन् ।

डा.अलमेडले आफ्नो करिअरको अन्तिम दिन पनि आफ्नै नामको वेलकम संस्थानमा रहेर कल्पनाको साहारामा थुप्रै नयाँ भाइरसको पहिचान र नामाकरण गरेकी थिइन् । वेलकम संस्थानबाट अवकास प्राप्त भएपछि उनी एक योग प्रशिक्षक बनेकी थिइन् । सन् २००७ मा ७७ वर्षको उमेरमा डा।जून अलमेडको मृत्यु भयो।

उनको मृत्यु भएको १३ वर्षपछि उनले गरेको कामको मूल्याङ्कन भइरहेको छ । जुन मूल्याङ्कन उनले त्यही बेला पाउनु पर्ने थियो । जसले त्यसबेला गरेको महत्वपूर्ण अनुसन्धानले हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई पहिचान गर्न सहयोग पुर्‍याएको छ ।

सम्बन्धित समाचार