कोरोना भाइरस : गुगलले दैनिक एक करोड ८० लाख फर्जी इमेल रोक्दै

गुगलका अनुसार कोरोनाभाइरस महामारीका कारण इमेलमार्फत् ‘फिशिङ्ग हमला’ का लहर नै चलेका छन् । अपराधीहरूले यस्ता हमलामा प्रयोगकर्ताहरूबाट उनीहरूको व्यक्तिगत विवरण चुहाउने जुक्ति लगाउँछन् ।

गुगलले अहिले दैनिक लगभग दुई करोड त्यस्ता फिशिङ्ग इमेलहरू रोकिरहेको जनाएको छ । पछिल्ला सातामा फर्जी इमेलका पाँच भागको एक भाग कोरोनाभाइरसँग जोडिएका थिए । उक्त कम्पनीका लागि यो भाइरस फिशिङ्ग जोडिएको अहिलेसम्मकै ठूलो विषय बनेको छ । गुगल कम्पनीको जिमेल सुविधा अहिले विश्वका डेढ अर्ब मानिसले प्रयोग गर्छन् ।



अफवाह फैलाउन खोज्नेहरूले जिमेलमा दैनिक एक करोड ८० लाखको सङ्ख्यामा झूटा इमेल पठाउने गरेको प्रविधि कम्पनी गुगलले जनाएको छ । उदाहरणका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विभिन्न सफ्टवेयरहरू डाउनलोड गर्न भन्नेदेखि लिएर हुँदै नभएका कामका लागि चन्दा दिन भन्ने कुरासम्म छन् । साइबर अपराधीहरूले सरकारहरूले दिने राहत प्याकेज समेत हात पार्नका लागि सार्वजनिक निकायहरूलाई झुक्याउने नक्कली परिचय खडा गर्ने प्रयासहरू समेत गरेका छन् ।

गुगलको दाबी अनुसार ुमशिन लर्निङ्गुको तरिका प्रयोग गरेर ९९.९ प्रतिशतसम्म त्यस्ता फर्जी इमेलहरू रोकिएको छ । अन्य थुप्रै साइबर सुरक्षा कम्पनीहरूले कोरोनाभाइरससँग जोडिएका फिशिङ्ग गतिविधिहरू सामना गरिराखेका छन् ।

बराकुडा नेटवर्क्सले यस महामारीका बेला घृणा फैलाउने फिशिङ्ग इमेलहरूमा ६६७ प्रतिशतले वृद्धि भएको जनाएको छ । अफवाह फैलाउन खोज्नेहरूले झूटा इमेल र एसएमएसहरू बेलायत सरकार, डब्ल्यूएचओ, सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनदेखि लिएर अमेरिकी राष्ट्रपतिसहित त्यहाँका अधिकारहरूले पठाएका भन्ने छन् ।

एक स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ता भन्छन्स् ‘फिशिङ्ग हमलाहरूको एउटा साझा चरित्र केही कुरामा उकास्ने वा भावनात्मक बनाएर धेरै नसोचिकन तत्काल प्रतिक्रिया जनाउन बाध्य पार्ने हुन्छ ।’

‘कोरोनाभाइरस अहिलेको निकै भावनात्मक विषय हो र साइबर अपराधीहरूले त्यो राम्ररी बुझेका छन् । यस तरिकाले एउटा आममानिस कुनै लिङ्क क्लिक गर्न वा गलत तरिकाहरू पछ्याउन उद्धत हुन्छ ।’

सम्बन्धित समाचार