भानु जयन्तीमा राष्ट्रकविलाई सम्मान, रथारोहण गराइयो

२०६औं भानुजयन्तीको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी तथा महानगर परिक्रमा समेत गरिएको छ ।

भानु प्रतिष्ठान, काठमाडौंको आयोजनामा निकालिएको प्रभातफेरी प्रज्ञा भवनबाट सुरु भइ पुतली सडक, बागबजार, रत्नपार्क हुँदै प्रज्ञा भवनमा पुगेको थियो ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहणका गरिएको थियो ।



प्रज्ञाभवनका आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई अभिनन्दनसमेत गरिएको थियो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो । उपप्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरे ।

यसअघि भानु जयन्तिकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण गराइएको थियो । त्यसैगरी काठमाडौंको कमलादीस्थित भानुभक्तको शालिकमा माध्याअर्पण समेत गरिएको थियो ।

सम्बन्धित समाचार

लोकप्रिय

सम्बन्धित

नवकान्तिपुरका ट्विटहरूः