आइपिएलमा बैंगलोरद्वारा हैदराबाद ३५ रनले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी भएको छ । बिहीबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित हो ।

जारी सिजनमा बैंगलोरको यो दोस्रो जित हो भने हैदराबादको तेस्रो हार । हैदराबादको घरेलु मैदान हैदराबादमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  २०६ रन बनाएको थियो । बैंगलोरको लागि रजत पाटिदार र विराट कोहलीको अर्धशतकीय पारी खेल्दै क्रमश: ५१ र ५० रन बनाए भने कप्तान फाफ डुप्लेसिसले २५ रन जोडे । त्यस्तै क्यामरुन ग्रिन ३७ रनमा अविजित रहँदा दिनेश कर्तिक्ले ११ र स्वपनिल सिंहले १२ रन बना । हैदराबादका लागि जयदेव उनादकटले ३ विकेट लिए भने टि नटराजनले २ विकेट लिँदा प्याट कमिन्स र मंयक मार्कन्डेको भागमासमान १-१ विकेट रह्यो 



२०७ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि सहबाज अहमेदको ४० रन बनाए भने कप्तान प्याट कमिन्स र अभिषेक शर्माले समान ३१-३१ रन जोडे  । यस्तै भुवनेश्वर कुमार र नितिश कुमार रेडीले समान १३-१३ रन बनाए ।

बैंगलोरका लागि स्वप्नील सिंह, कर्न शर्मा र क्यामरुन ग्रिनले समान २-२ विकेट लिए भने विल ज्याक र यश दयालको भागमा समान १-१ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति पौने ८ बजे कोलकाता नाइटराइडर्स र पञ्जाव किंग्स भिड्दै छन्  ।

सम्बन्धित समाचार