आइसक्रिम चाट्दा ३० दिन जेल (भिडियाे सहित)

अमेरिकाको टेक्सासमा एउटा वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ । सो भिडिओ २४ वर्षीय डी एड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा हालेका थिए।

भिडिओमा उनले आइसक्रिम चाटेर फ्रिजमा फिर्ता राखेको देखिन्छ । पसलको सीसीटीभी क्यामरामा भने उनले भिडिओ खिचिसकेपछि सो आइसक्रिम झिकेर किनेको देखिन्छ।



उनलाई अदालतले छ महिनाको निलम्बित जेल सजाय, १०० घन्टाको ज्याला नपाउने काम, १,००० अमेरिकी डलर जरिवाना र आइसक्रिम कम्पनीलाई १,५६५ डलर तिर्नुपर्ने आदेश सुनाएको हो।

अमेरिकी टीभी एबीसीका अनुसार एन्डरसन र उनका बाबुले प्रहरीलाई सो आइसक्रिम किनेको बिल देखाएका थिए । तर भिडिओ सार्वजनिक भएपछि आइसक्रिम कम्पनी ब्लू बेल क्रिमरीज्‌ले सो फ्रिजको सबै आइसक्रिम फेरेको थियो ।

एन्डरसनले अदालतमा आफूबाट गल्ती भएको स्वीकारेका थिए ।

भिडियाे :

सम्बन्धित समाचार