कोरोनाको प्रभावले के एसईई परीक्षा स्थगित भएको हो ?

कोरोना भाइरसको संक्रमण फैलिने खतराका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको र विद्यालयहरू बन्द गर्ने भन्ने खालका गलत समाचार प्रवाह भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न आग्रह गरेको छ । कोरोना भाइरसको उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ गतेभित्र सम्मन्न गरिसक्न मन्त्रालयले यस अघि नै आव्हान गरिसकेको जनाएको छ ।



चैत ६ गतेदेखि हुने गरी तय भएको एसईई परीक्षा यथावत सञ्चालन हुने कुरा मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयका आधिकारिक वेबसाइटमार्फत एवम् सार्वजनिक सञ्चारमाध्यमहरूद्वारा सूचना सम्प्रेषण गरिने जनाएको छ ।

सम्बन्धित समाचार