सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२८ स्थित सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३-०२-००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका-७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको मृत्यु भएको छ ।

बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कालिकोट, खाँडाचक्र नगरपालिका-८ चिमगाउँ नजिक मान्ममाबाट चिमगाउँतर्फ जाँदै गरेको भे.२ त १९८१ नम्बरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक दैलेख चामुण्डा गाउँपालिका बस्ने २५ वर्षीय भुपेन्द्र बिष्टको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मन्ममा उपचारको क्रममा मृत्यु भएको हो । सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा मंगलगढी चोकबाट बसपार्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह ०५८० नम्बरको अटोबाट खसेर महोत्तरी मटियानी नगरपालिका-४ बस्ने ५८ वर्षीया उर्मिला देवीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता सुनसरी, दुहबी नगरपालिका-८ जुटमिल नजिक सडकमा ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९२६९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री बारा गढिमाई नगरपालिका-५ घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २२ वर्षीय सिनेन्द्र राम चमारको बिहीबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिहेको छ ।

यता दाङ, शान्तिनगर गाउँपालिका-५ खैरेनीस्थित सडकमा हापुरेबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.५ प ९३२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सल्यान घर भई हाल दाङ शान्तिनगर गाउँपालिका-५ बस्ने ७० वर्षीय शम्सेर थापाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-८ पकडिहवास्थित सडकमा लु.१३ प ३८९० नम्बरको मोटरसाइकल र यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहिबार राति दुर्घटना हुँदा यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल चालक भारत बिहार घर भई हाल रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ नेउडिहवा बस्ने ३२ वर्षीय असलाम खान पठानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी मोरङ, लेटाङ नगरपालिका-३ फारलाईनस्थित सडकमा लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ३२०८ नम्बरको अटो अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका-७ बस्ने ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लेटाङ एडभान्स हेल्थकेयर सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ ।यसैगरी मोरङ, केराबारी गाउँपालिका-७ प्रभात टोल बस्ने १७ वर्षीय निर्मल महतोको आफ्नै घर अगाडि साइकल गुडाउन क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै झापा, मेचीनगर नगरपालिका-१२ देउनिया पुलस्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.११ प १६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्य भएको हो । उता गुल्मी, गुल्मीदरवार गाउँपालिका-३ म्यालपोखरीस्थित सडकमा गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु.३५ प ५४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुल्मीदरवार गाउँपालिका-३ राजा बस्ने २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार