कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाग्यो, २ लाख ७५ हजार संक्रमित

कोरोना भाइरसको संक्रमणबाट एकै दिन १३ सय ५२ जनाको मृत्यु भएको छ भने अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसंगै मृत्यु हुने र संक्रमित हुनेको संख्या क्रमश ११ हजार ३ सय ८३ र २ लाख ७५ हजार १ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा ६२७ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ४९, बेलायतमा ३३, जर्मनीमा २४ र स्विटजरल्याण्डमा १३ जनाको मृत्यु भएको छ । यस्तै नेदरल्याण्डमा ३०, बेल्जियममा १६, इण्डोनेशियामा ७, स्वीडेन र टर्कीमा थप ५-५ जनाको मृत्यु भएको छ ।



इराक, इक्वेडर र ग्रिसमा ४-४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनमा थप ७ जनाको मृत्यु हुँदा दक्षिण कोरियामा अरु ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार