सीमा नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमण रोक्न सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यो विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ ।



यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाइ अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए ।

सम्बन्धित समाचार