लकडाउन अवधिभर १० रुपैयाँमा मिनिरल वाटर पाइने

सरकारले लगाएको लकडाउन अवधिभर नेपाल बोटल वाटर उद्योग संघले उपभोक्तालाई प्रतिलिटर १० रुपैयाँमा मिनिरल वाटर दिने भएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभर उपभोक्तालाई सहज बनाउन संघले यस्तो निर्णय गरेको हो ।

लकडाउनभर उपभोक्तालाई सहज होस भनेर २० रुपैयाँ पर्ने बोटल १० रुपैयाँमा खरिद गर्न सकिने व्यवस्था गरिएको बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष विक्रम लिम्बुले जानकारी दिए । ‘लकडाउनले हामी सबैलाई अफ्ठ्यारो पारेको छ,’उनले भने,‘यस्तो बेला एक अर्काले सक्ने सहयोग गर्नुपर्छ ।



उपभोक्ताले किन्दा ६० पिस किन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार