कामना सेवा बैंकले गर्यो डिजिटल प्रविधिबाट सञ्चालक समितिको बैठक

कामना सेवा विकास बैंक लिमिटेडले चैत्र २० गतेका दिन विद्युतीय (डिजिटल) प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत् सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदीप आचार्यले बताएको बैंकबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । कामना सेवा विकास बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रूपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रवीण बस्नेतले बताए । गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत माननीय अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा एकै दिन ५० वटा शाखा डिजिटलमाध्यमबाट अनावरण गरिएको थियो ।



विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहक महानुभावहरुलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पीडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरूको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँपालिका तथा नगरपालिकाहरूसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । यसै गरी मानिसहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरूमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरूद्वारा जानकारीमा आएको हुँदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदीप आचार्यले जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार