मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले लगाइन् श्रीमानलाई आगो

मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छन् । इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुर्नामालाई उनकी २५ वर्षीयन श्रीमती इल्हाम चहयानीले जिउँदै जलाएकी हुन् ।

डेडी घरको छत मर्मत गरिरहेका बेलामा उनकी श्रीमती इल्हामले उनको मोबाइलको पासवर्ड मागेकी थिइन् । डेडीले पासवर्ड दिन नमानेपछि उनीहरू बीच झगडा सुरु भएको थियो । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिटसमेत गरेका थिए ।



डेलीमेलका अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाएकी हुन् । घटनाको दुई दिनपछि डेडीको निधन भएको थियो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार डेडीले आफ्नो मोबाइलको पासवर्ड नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याएर आगो लगाइ दिएकी हुन् ।

उनका छिमेकि ओजिले घरबाट धुवा आएपछि आगो निभाउनका लागि सहयोग गर्न पुगेका थिए । त्यसपछि डेडीलाई केरुआक हेल्थ सेन्टर लगियो तर, दुई दिनपछि उनको निधन भएको थियो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार