कोरोना कोषमा नेपाल लाइफको एक करोड सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड सहयोग गर्ने कम्पनीबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको पनि जानकारी गराइएको छ ।



यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्युन आम्दानी भएका प्रभावित परिवारहरूको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरूका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार