मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी नुवाकोट, नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ बस्ने ५५ वर्षीय राम बहादुर भन्ने जंग बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले तादी गाउँपालिका-४ सातबिसेबाट पक्राउ गरेको हो ।



उनलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

सम्बन्धित समाचार