अब मध्यावधि चुनाव गर्नुपर्छ : कांग्रेस सह-महामन्त्री महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले मध्यावधि चुनावको माग गरेका छन् । वर्तमान सरकार असफल भएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव गर्नुपर्ने बताएका हुन् ।

शनिबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा डा। महतले भनेका छन्, ‘सरकार गठन भएको अढाई वर्ष भैसक्यो, यो सरकार पूर्ण रुपमा असफल भैसकेको छ । अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्छ ।’



डा।महतले प्रधानमन्त्री ओलीले राजिनामा दिएर नेकपाकै अर्को नेता प्रधानमन्त्री भएपनि अब देश नचल्ने दाबी गर्दै मध्यावधि चुनाव नै अबको समधान हुने उनको जिकिर छ ।

कोरोनाभाइरस (कोभिड–१९) को कारण विश्व र मानव समाज नै संकटमा रहेको बेला कांग्रेको नेताले मध्यावधि चुनावको माग गरेको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । यसअघि कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्बदलीय सरकारको माग गरेका थिए ।

सम्बन्धित समाचार