सेलपेबाट भुक्तानी गर्दा १० पिस मास्क पाइने

स्मार्ट डोकोले लकडाउनका समयमा किराना वस्तुहरु खरिद गर्दा सेलपेबाट भुक्तानी गर्दा १० पिस मास्क दिने भएको छ । स्मार्टडोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने तथा सेलपे मार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिने भएको हो ।

हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी स्थितिमा स्मार्टडोको एक अनलाइन शपिङ्ग मेगा स्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरिसकेको कम्पनीले जनाएको छ ।



अर्डर गरेको सामानको डिलिभरी काठमाडौं उपत्यका भित्र मात्र रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्टडोकोले ‘आवश्यक वस्तुहरू बाहेक अरू कुनै पनि सामान बिक्रि वितरण नगरेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार ग्राहकहरुले स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिमहोम डेलिभरीको सुविधा पाउन सक्ने हुनेछ ।

स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवामार्फत कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार