‘कोरोना भाइरसबाट बेलायतमा ७ देखि २० हजार मानिसम्म मृत्यु हुनसक्‍ने’

नोभेल कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ७ देखि २० हजार मानिससम्म मर्नसक्ने बेलायतका एक शीर्ष इपिडिमियोलोजिस्टले भविष्यवाणी गरेका छन् ।

प्रोफेसर निल फेरगुसनले बीबीसीसँग कुरा गर्दै विज्ञहरुका अनुसार बेलायतमा कोरोना भाइरसबाट सात हजारदेखि २० हजारको बीचमा मानिसहरु मर्न सक्ने बताए ।



उनले लकडाउनका कारण कोरोना संक्रमणको दरमा केही कमी आएकोसमेत उनले बताए । आगामी सातदेखि १० दिनभित्र महामारीको अवस्था कम हुनेसमेत प्रोफेसर फेरगुसनले बताएका छन् ।

बेलायत सरकाकार चिकित्सकीय सल्लाहकारसमेतर रहेका फेरगुसनले भने, ‘हामीले जति धेरै सावधानी अपनाउन सक्यौं त्यति नै चाँडो कोरोना संक्रमण घट्दै जानेछ ।’

बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकीय निर्देशक प्रोफेसर स्टेफेन पोविसले गत साता बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजारभन्दा कम भएमा, ‘हामीले धेरै राम्रो गरेको मानिनेछ’ बताएका थिए । (बीबीसी)

सम्बन्धित समाचार