खुशीको खबर ! चीनले पनि बनायो कोरोनाविरुद्धको खोप, परीक्षणको अन्तिम चरणमा

जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस संक्रमणविरुद्धको खोप परीक्षण अन्तिम चरणमा पुगेका सार्वजनिक गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा सन्देश लेख्दै चीनले एक सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणविरुद्ध खोप लगाएको र त्यसको परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने अभियानको थालनी गर्ने जनाएका छन् ।



उनले चीन, अमेरिका, सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापानलगायतका देशले खोपको सफलता पाउँदै गरेको विवरण सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार