नेपाल लाइफद्वारा कोषलाई एक करोडको चेक हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई तथा सञ्चालक समिति सदस्य कमलेशकुमार अग्रवालले हस्तान्तरण गरेको कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोमबार सिंहदरवारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।



नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको पनि स्मरण गरेको छ । यस सहयोगसँगै नेपाल लाइफ, सरकार र आमनागरिक एक भई यस महामारीविरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए ।

सम्बन्धित समाचार