गत २४ घण्टामा काठमाडौंमा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २८ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २० जना, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौं ५ जना, स्टार अस्पताल सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १४ जना, बिद प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, काठमाडौं मेडिकल कलेज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, ह्याम्स हस्पिटल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना र वीरेन्द्र अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जनामा गरि एकैपटक काठमाडौंमा ११० जनामा कोरोना पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

सम्बन्धित समाचार