नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
मुक्तिनाथ विकास बैंक लि, कमलादी र हाउस अफ इन्टेरियर सुकेधारा, काठमाडौंबीच बैंकका ग्राहकहरूलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा हाउस अफ इन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरूमा आकर्षक छुट पाउने व्यवस्था भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको पनि स्मरण गरिएको छ ।