कोभिड– १९ जस्ता किटाणुलाई मार्न सक्ने अस्ट्रेलियन प्रविधिको NETBIOKEM DSAM नेपालमा उपलब्ध

हिमगिरी हाइजिन प्रा.लि.ले नेपालमा पहिलो चोटी Netbiokem DSAM भित्र्याएको छ । कोभिड– १९ जस्ता किटानुलाई मात्र २ मिनटमै मार्न सक्ने क्षमता भएको दावी गरिएको अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशन, ISO 9001:2015, AEO, Australian Trusted Trader, European Committee for Standardization , Fogging Approved Free of BAC, European Norms Standard EN 14476 द्वारा प्रमाणित Netbiokem DSAM फोहर अवस्थामै SARS-CoV-2, (कोभिड– १९) जस्ता भाइरसहरूलाई मार्न सक्ने कम्पनीबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ ।

गैर ज्वलनशील र जोखिम मुक्त उच्चस्तरीय कीटाणुनाशक Netbiokem DSAM उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेत Netbiokem DSAM को प्रयोग स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिन्छ ।



सफाई गर्दा भिजेको ठाउँलाई कम्तिमा दुई मिनेटसम्म त्यतिकै छोडेर पुनः सुक्खा कपडाले पुछ्नु पर्दछ । त्यस्तै फोगिंगको प्रयोग गर्दा सानो सानो छिद्र भएका झ्याल ढोका समेत बन्द छ कि छैन राम्ररी हेरी मात्र फोगिंग गर्नु पर्छ ।

Netbiokem DSAM कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने कम्पनीको दावी छ । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजातिविरुद्ध प्रभावकारी भएकोले नियमित रूपमा सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि Netbiokem DSAM को सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार