तीन दिनदेखि बेपत्ता पत्रकारको शव मकवानपुरमा फेला, को थिए उनी?

तीन दिनदेखि बेपत्ता कान्तिपुरका वरिष्ठ संवाददाता बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ । तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ ।

बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको थियो । मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा भेटिएको बानियाँकै भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ । उनको बुधबार दिउँसो सनाखत भएको हो ।



कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले बानियाँ तीन दिनदेखि हराइरहेको जानकारी दिए । ‘हामीले पनि दुखद खबर सुनेका छौँ,’ शर्माले भने ।

सम्बन्धित समाचार