नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

नेपालमा अहिले कोरोना संक्रमण बढ्दै जाँदा सरकारले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । यो बीचमा कोरोना संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख व्यक्तिले गरेको गल्तीलाई लिएर अहिले चर्चा सुरु भएको छ ।
स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमबाट यस्तो गम्भीर भुल भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले मंगलबार औंलाले नाक कोट्याएको दृश्य अहिले भाइरल बनेको छ । सधै झैं मंगलबार साँढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो ।
तर मंगलवारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलमा भन्दा केही अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो । पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नाक कोट्याएको दृश्यले धेरैलाई लज्जित बनायो ।
कोरोना भाइरसको नियमित पत्रकार सम्मेल गर्दै आएका गौतमको यस्तो काम नगर्न बारम्बार भन्ने गर्दछन् । तर उनले मंगलबार देखाएको व्यवहारले आम नागरिकलाई लज्जित त बनायो नै स्वयं गौतमप्रति नैतिक प्रश्न पनि उब्जाएको छ ।
कोरोना सक्रमणबाट बच्न नाक मुख र आँखा नचलाउन आफै आग्रह गर्ने अनि क्यामेरामा कैद नै हुने गरी आफले यस्तो अभद्र व्यवहार कतिको पाच्य होला रु भन्ने प्रश्न सुरु भएको छ । त्यसो त जागेश्वर पेशाले आफै चिकित्सक पनि हुन् ।
