नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
