सञ्जय दत्तलाई मनीषाले भनिन्- जीवनका अरु युद्ध जस्तै तपाईंले क्यान्सरलाई जित्नु हुनेछ

बलिउड अभिनेता सञ्‍जय दत्तलाई फोक्सोको क्‍यान्सर भएपछि अभिनेत्री मनिषा कोइरालाले स्वास्थ्‍य लाभको कामना गरेकी छिन् । सामाजिक सञ्‍जाल ट्विटरमा उनले स्वास्थ्‍यलाभको कामना गर्दै भनेकी छिन्, ‘तपाईँको स्वास्थ्यमा चुनौती थपिएको छ । तर तपाईंले यसको सामना गर्न सक्नु हुन्छ भन्‍ने मलाई थाहा छ ।’

यसका साथै कोइरालाले भगवानसँग प्रार्थना गर्दै भनेकी छिन्, ‘तपाईंले जीवनमा धेरै संघर्ष गर्नु भएको र जीत हात पार्नु भएको छ । यो त तपाईंको लागि सानो हुनेछ र तपाइले यसलाई सजिलै जित्‍नुहुनेछ । यही कामना गरेकी छु ।’



उनी अगस्ट ८ मा उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोमबार उनी डिस्चार्ज भएका थिए ।

६१ वर्षका अभिनेता क्यान्सरको उपचारका लागि अमेरिका जाने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको चलचित्र सडक–२ को ट्रेलर बुधबार सार्वजनिक भएको छ ।

सम्बन्धित समाचार