थप २ जनाको मृत्यु, कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाए

नेपालमा पनि कोरोना संक्रमण र मृत्युदर दिनहुँ बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १० जनाको ज्यान गएको छ । यस्तै ४८४ जना संक्रमित भएका छन् । बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरेर १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८।४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार