महोत्तरीमा बिहानै थपिए ४३ जना कोरोना संक्रमित

महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १८ पुगेको छ । पछिल्लो पटक जिल्ला मालपोत कार्यालयका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका ११, महोतरीका २, लोहारपटि र बलवाका एक–एक जनामा संक्रमण देखिएको छ । हालसम्म महोतरीमा २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ८ सय ५० जना निको भएर घर फर्केका छन् ।



यता उपचारका क्रममा आइतबार राति मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिकाका ६ का ४६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । फोक्सो र मधुमेहका बिरामी उनी आइतबार जनकपुरस्थित रामजानकी अस्पताल भर्ना भएका थिए ।

भोलिपल्ट सोमबार शव गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको अन्तिम संस्कारमा सहभागी र अन्यको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित समाचार