रुसको ‘भ्याक्सीन’ खतरनाक भन्दै कड्कियो ‘डब्ल्यूएचओ’

रुसले गत मंगलवार कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै आफूले पहिला बनाएको दाबी गरेको छ । यो दाबी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वयंले गरेका हुन् । साथै उनले आफ्नी छोरीलाई समेत यसको प्रयोग गरेको बताएका छन् ।

त्यति मात्रै होइन रुसले अन्य देशहरु भ्याक्सीनको प्रतिस्पद्र्धामा रहेको रुसको भ्याक्सीनको बारेमा अनर्गल प्रचार गरेको बताएको छ । विभिन्न देशहरुले रुसको भ्याक्सीनको अर्डर गरिरहेको यो बेलामा विश्व स्वास्थ्य संगठनले भने रुसको स्पूटनिक भ्याक्सीन खतरनाक सिद्ध हुन सक्ने बताएका हो ।



डब्ल्यूएचओले रुसको भ्याक्सीनको सबै जानकारी नदिएको र रुसले सबै ट्रायल नगरेकोले विश्वास गर्न योग्य नरहेको बताएको हो । विश्व स्वास्थ्य संगठनले भ्याक्सीनको ट्रायलको सबै जानकारी नमिलेको अहिलेसम्म कोरोनाको भ्याक्सीन यहि हो भन्न सकिने अवस्था नरहेको बताएको छ ।

डब्ल्यूएचओले भ्याक्सीनको तेश्रो ट्रायलको रिजल्टमा शंका रहेको बताएको छ । रुसले भने अबको दुई हप्तामा बजारमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन आउने बताएको छ ।

सम्बन्धित समाचार