आफूनिकट केन्द्रीय सदस्यहरुलाई प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी बस्छ, प्रधानमन्त्री आउनुहुनेछ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आजको छलफल सकारात्मक भएको बताएका छन् । प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

काठमाडौंको थापागाउँस्थित प्रसिडेन्सियल बिजन्नेस कलेजमा प्रचण्डले प्रदेश-५ का केन्द्रीय कमिटी सदस्यहरूलाई ओलीसँगको वार्तापछि ब्रिफिङ गरेका हुन्। ब्रिफिङका क्रममा उनले रोकिएको स्थायी कमिटी बैठकलाई निरन्तरता दिन अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको बताएका थिए । उनले बैठकलाई निरन्तरता दिनका लागि आफू तयार रहेको जानकारी गराए ।



दुई अध्यक्षबीचको भेटघाट सकारात्मक भनेर दुवै अध्यक्षका सचिवालयले बताएपछि थापागाउँमा प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता छलफलमा जुटेका हुन् । प्रचण्डले स्थायी कमिटी बैठकलाई निरन्तरता दिनेबारे दुवैबीच छलफल भए पनि एजेन्डा भने तय नभएको बताए । कसरी अगाडि बढ्ने भन्ने बारेमा पुन: छलफल हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार