विश्वभर कोरोना थप आक्रमक, एकैदिन थपिए २ लाख ७१ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६९ हजार १७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ७२६ पुगेको छ । १ करोड ३९ लाख ४५२ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार १६८ जनाको मृत्यु भएको छ । ३१ लाख २७ हजार ५०५ जना संक्रमित भएकोमा १८ लाख ७२ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४२ हजार ३८२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७३ हजार ७९९ पुगेको छ । त्यसमध्ये ३४ लाख ६७ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा १ लाख १५ हजार ६३५ जनाको मृत्यु भएको छ । ५३ लाख ९२ हजार २९४ जना संक्रमित भएकोमा ४१ लाख १५ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६७ हजार ४१० जनाको मृत्यु भएको छ । ५० लाख ६१ हजार ८९२ जना संक्रमित भएकोमा ३६ लाख ४३ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ७२४ जनाको ज्यान गएको छ भने १० लाख ८८ हजार ३३८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ८३ हजार ५७९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३८७ जनाको मृत्यु भएको छ । २४ हजार ४०८ जना संक्रमित भएकोमा १४ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २४ हजार ९५७ जनामा संक्रमण पुष्टि भएकोमा ९५ जनाको निधन भैसकेको छ । १६ हजार ८३७ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार