पहिरोमा पुरिएर ६ जनाको मृत्यु

पहिरोमा पुरिएर कालीकोटमा ६ जनाको मृत्यु भएको छ । महावै गाउँपालिका नकु बस्‍ने राजबहादुर विष्टको घर माथिबाट गएराति पहिरो जाँदा विष्टको १३ वर्षीय छोरा पुष्पलगायत ६ जनाको मृत्यु भएको हो ।

यस्तै मकवानपुर, थाहा नगरपालिका १२ गैरीगाँउ त्रिभुवन राजपथस्थित सडकमा रत्न ठाकुरको माइनिङ एन्ड माइनिङ ढुङ्‍गा खानीमा बिहीबार बेलुका पहिरो जाँदा सोही ठाउँ बस्‍ने खानीको साइड हेर्ने ४५ वर्षीय काले मोक्तानको मृत्यु भएको छ । पहिरोमा पुरिएर पार्किङ गरी राखेको एकवटा स्काभेटर र ३ वटा टिपरसमेत क्षति भएको छ ।



सम्बन्धित समाचार