नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।

३६ जना पुरिएर बेपत्ता भएको सिन्धुपाल्चोकको लिदीको पहिरो निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बाँदल शुक्रबार दिउँसो त्यसतर्फ लागेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्री बादल, गृहसचिव महेश्वर न्यौपाने त्यसतर्फ लागेका छन् । गृहमन्त्री बादलले राहत सामग्री पनि लिएर गएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
यसअघि सभामुख अग्नि सापकोट त्यहाँ पुगेका थिए । शुक्रबार बिहान सिन्धुपाल्चोक जुगल गाउँपालिका(२ लिदीमा पहिरोले थिच्दा १३ घर पुरिएका थिए ।
